OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १, २०८३काठमाडौं
१२ पटक

१ जेठ २०८३, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्र विपद्को सारथी बन्नुपर्ने बताउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा आज वीरेन्द्रनगरमा आयोजि ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रुपमा स्थापित गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले सम्झिने विश्वासिलो र भरपर्दो माध्यम बन्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “बीमा विपद्को पीडामा मलम लगाउने साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ ।”

मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच पर्याप्त नभएको औंल्याउँदै गाउँ–गाउँसम्म बीमा सेवा विस्तार तथा नागरिकमा बीमाप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको जोड दिनुभयो । जनचेतनाको अभावका कारण धेरै नागरिक अझै बीमाको पहुँचबाट बाहिर रहेकोले प्रदेश सरकारले यससम्बन्धी जनचेतना जगाउने कार्यलाई प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।

आर्थिक कारोबार गर्ने संस्था तथा व्यक्तिहरु विश्वसनीय र अनुशासित हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कँडेले नागरिकमा सुशासनको प्रत्याभूति गराउन पारदर्शी सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो । बीमा क्षेत्रमा देखिएको दाबी भुक्तानी प्रक्रियाको जटिलता रहेकोप्रति ध्यानाकर्षण गराउँदै उहाँले नागरिकले सहज र छिटो सेवा पाउन सक्ने गरी भुक्ताानी प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

प्रतिकृया दिनुहोस्