OnlinePana

आज : २०८२ मंसिर २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २५, २०८२
९ पटक

नेत्र शाही/जुम्ला,

मंसिर २४ गते । जुम्लामा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सहित समापन गरिएको छ ।
जिल्ला सदरमुकाम खलंगा सहित जिल्लाका स्थानीय तहमा विभिन्न तरिकाका कार्यक्रम सहित दिवस मनाईएको हो । सदरमुकाममा राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा जिल्लाका स्थानीय तहको आयोजनामा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईएको हो ।
जिल्ला सदरमुकाममा विभिन्न सरकारी, गैर–सरकारी संस्था, नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकाय तथा लक्षित बर्गहरूको उपस्थितिमा दिवस मनाईएको हो ।

कार्य मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले १६ दिने लैगिंक हिंसा दिवसको अवसरमा गरिएका कामको जानकारी दिनुभयो । उहाँले पूर्वतयारी वैठक देखी गाउँ र सदरमुकाममा गरिएका कार्यक्रमको वारेमा जानकारी गर्नुभयो । उहाँले मानव अधिकार आयोगको काम र अवस्थाको बिषयमा बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचायले मानव अधिकार विश्वव्यापी भएकाले स्थानीय सरकार र जनप्रतिनिधिले गम्भीर चासो दिनुपर्ने । उहाँले जुम्लामा मृत भएको आयोगको कार्यालय ल्याउन जनप्रतिनिधि र पत्रकारहरूले काठमाडौँमा पुगेर दबाब सिर्जना गरेका थिए । विशेषगरि पत्रकार महासंघका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले काठमाडौंमै गएरु सांसद कान्तिका सेजुवाल, संविधानसभा सदस्य नरेश भण्डारी सहितका नेताहरु सहित आयोगमा डेलिगेशन गएर पनि कार्यालय फिर्ता हुन सहयोग पुगेको बताउनुभयो । उहाँले छोटो अवधिमा आयोगले गरेका कामको प्रशंसा गर्नुभयो ।

चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापाले १६ दिने अभियान सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सरकारी सेवा प्रवाह अझै प्रभावकारी नबनिएको स्वीकार गर्नुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले १६ दिने अभियान सकिए पनि लैङ्गिक हिंसा रोकथामका कार्यक्रम निरन्तर गर्नुपर्ने बताउनुभयो । उहाले मानव अधिकार र कानुनी सचेतना बारे शिक्षा गाउँ–गाउँ पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाज, पत्रकार महासंघ, जिल्ला ज्येष्ठ नागरिक, अपांग पुनस्थापना तथा विकास केन्द्र लगायतका निकायले शुभकामना मन्तब्य दिएका थिए ।
यसैगरि जिल्लाको सिंजा गाउँपालिका, हिमा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि १६ दिने लैगिक हिंसा विरुद्धको दिवस मनाएका छन् । यसैगरी जिल्ला सदरमुकाममा दिपप्रज्वलन गरेर कार्यक्रम समेत मनाईएको छ । दिप प्रज्वलन कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही सहित सरोकारवाला निकायको सहभागि रहेको थियो ।

प्रतिकृया दिनुहोस्