नेत्र शाही÷जुम्ला,
मंसिर १७ गते । कर्णालीमा १२ बर्ष मुनिका वालवालिकालाई ग्रासुट फुटवल प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) ले जुम्लाका ८० जना वालवालिकालाई प्रशिक्षण शु्रु गरिएको छ । अखिल नेपाल फुटवल संघ जुम्लाको आयोजनामा जुम्लामा प्रशिक्षण शुरु गरिएको छ । साना वालवालिकालाई सानै उमेर देखी फुटवल शुरु गरिएको एन्फा जुम्लाका कार्यवाहक अध्यक्ष राजबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आफुहरुले जति पनि फुटवल खेलेता पनि तालिम नपाएर जेनतेन खेलेका थियौ । अव भने साना साना वालवालिकालाई ग्रासुट तहको फुटवल प्रशिक्षण गर्न थालिएको बताउनुभयो ।
मंसिर १४ गते विरेन्द्र नगरको सुर्खेतबाट शुरु भएको अभियान कालिकोट हुदै जुम्लामा पनि शुरु गरिएको छ । यस पटक ८० जना वालवालिका मध्य ४० जना केटीहरु सहभागी छन् । जुम्लामा सो प्रशिक्षण प्रदेससभा सांसद देवेन्द्रबहादुर शाहीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । सांसद शाहीले कुनैपनि काम सानो अवस्थामा सिप दिदा भोली राम्रो हुने भएकाले एन्फा सहित सहयोगीदातालाई धन्यवाद दिनुभयो ।
एएफसि ड्रिम एसिया फाउडेशनको सहयोगमा एन्फाले यस पटक कर्णाली र मधेस प्रदेशका वालवालिकालाई आधारभुत तहको सो प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणका लागि अखिल नेपाल फुटवल संघ –एन्फ) का ग्रासुट मुख्ंय प्रशिक्षक पंकज शाही र धनकुटा एन्फा जिल्लाका अध्यक्ष तथा ग्रासुट प्रशिक्षण संयोजक मणि च्याम्जुङले प्रशिक्षणको नेतृत्व गरिरहनु भएको छ ।
जुम्लामा प्रशिक्षणका लागि पुग्नु भएका मुल्य प्रशिक्षण पंकज शाहीले यस पटक सवैभन्दा कम मानव सूचांक भएको मधेस र कर्णालीमा यो अभियान शुरु भएको बताउनुभयो । उहाँले मंसिर १४ गते सुर्खेतबाट शुरु गरिएको ग्रासुट फुटवल प्रशिक्षण यात्रा कालिकोट, जुम्ला पुगेको र अव कर्णालीको मुगु, हुम्ला र डोल्पामा पनि कार्यक्रम गरिने बताउनुभयो । यस पटक जुम्लाको कर्णाली मावि अनामनगर र जिएमडि स्कुलका ८० जना विद्यार्थीलाई सहभागी गराई पोसाक समेत उपलब्ध गराईएको र आगामी बर्षमा अन्य बिद्यालयलाई प्रथामिकता दिईनेछ ।
क्याप्सन ः जुम्लामा अखिल नेपाल फुटल संघले गरेको ग्रासुट तहको फुटवल क्लिनिक प्रशिक्षण तस्बिर नेत्र शाही, जुम्ला ।