OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २०, २०८१जुम्ला,
६३ पटक

अमृति बुढाथोकी ,

असोज २० गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रहरी दिवसको अवसरमा भलिवल खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको विचमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले प्रहरी दिवसको पुर्व सन्ध्याहमा खेलकुद प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भलिबलमा ३ वटा ,क्यारम २ वटा ,ब्याडमिन्टन १४ वटा र फुटबलमा ३ टिम रहेका छन । नेपाल प्रहरी लगायत सुरक्षाकर्मीहरु चार्ड पर्वको समयमा पनी घर बिदा जान नपाउने भएको उनीहरुको मनोबल उच्च पार्नका लागी पनी यस्ता खालका प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगितामा शसस्त्र प्रहरी बल, कर्णाली प्रदेस प्रहरी विपद् ब्यवस्थापन गुल्म जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाका खेलाडी बिच प्रतिस्पर्धा हुने छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले खेलकुद प्रतियोगिताका लागि प्रहरीलाई धन्यवाद दिदै आउदै गरेको दशै, तिहार, छटपर्वको अवसरमा शुभकामना दिनुभयो । राजनैतिक दलका तर्फबाट एकिकृत समाजवादीका जिल्ला अध्यक्ष दयादत्त हमालले प्रहरीले दशैको समयमा सवै घर जाने तर सेवामा खटिने प्रहरीका लागि खेलकुद प्रतियोगिता राम्रो काम भएको बताउदै प्रहरीले आफ्नो चाडपर्वका समयमा विभिन्न घटना घट्ने डर भएकाले उत्तिकै सचेत हुन जोड दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले हरेक क्षेत्रमा खेलकुदको आफ्नै महत्व रहेको बताउदै खेल क्षेत्र कुनै ब्यक्ति बिशेष मात्रै नभइ सिंगो राष्ट्रको पहिचान रहको बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पछिल्लो समय प्रहरीले सामाजिक क्षेत्रमा काम गर्न अग्रसरता देखाएकोमा शुभकामना दिदै लागु औषध नियन्त्रण सहितका कार्ययोजनामा सवैको सहयोग हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्