OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २०, २०८१जुम्ला,
२३६ पटक

साउन २० गते । जुम्ला कारागारमा कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गरिरहेका मुगु जिल्लाका अन्दाजी ४२ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार मुगुको खत्याड गाउँपालिका–३ का कैदी टमटाको एक्कासि मृत्यू भएको हो । उहाँका अनुसार २०७९ साउन २७ गतेबाट जवरजीसत करणी मुद्दामा जेल भुक्तान गरिरहेका टमटालाई आईतवार विहान व्याडमिन्टन खेलेपछि लुडो समेत खेलेका र करिब साढे १० बजे एक्कासि अप्ठ्यारो भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य शिक्षण अस्पतालमा लिईएको थियो । प्रहरी नायव उपरीक्षक कामतीका अनुसार अस्पतालामा करिब साढे १२ बजे उनको निधन भएको जानकारी भएको थियो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासि ढलेपछि उहाँलाई अस्पताल लगिएको थियो । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको सुरक्षाको टोली कारागार र अस्पताल पुगेको थियो । टोलीले घटनाको अध्ययन गरेर फर्किएको थियो ।

प्रतिकृया दिनुहोस्