OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०७७सुर्खेत
५७१ पटक

४ साउन २०७७, आईतबार

गत चैत्र ११ गतेदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीका अवधिमा सुर्खेतमा एक हजार ६३ सवारी साधन कारवाहीमा परेका छन् ।

बन्दाबन्दी अवधिभर कारवाही परेका सवारी साधनहरुमा ८०६ मोटरसाईकल, ३४ स्कुटर, २२ जीप भ्यान, १६ ट्रयाक्टर, १७२ अटो र १३ ट्रक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । कारवाहीमा परेका सवारी साधनबाट रु.छ लाख ६२ हजार राजश्व संकलन भएको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताउनुभयो ।

त्यसैगरी, बन्दाबन्दी उलङ्घन गर्ने व्यक्तिलाई पनि प्रहरीले कारवाही गरेको छ । प्रहरीले ३२२ महिला र ६२४ पुरुष गरी ९४६ जना व्यक्तिलाई कारवाही गरेको हो । सूचना अधिकारी घर्ती मगरका अनुसार सरकारले लागु गरेको नियम विपरीत माक्स नलगाउने, हिड्डुल गर्नेहरुलाई कारवाही गर्दा रु.२४ हजार राजश्व संकलन भएको छ । यो समयमा नागरिकहरुलाई कोरोना संक्रमणबारे सचेतना समेत गराईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्