OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १२, २०७९सुर्खेत
२०२ पटक

१२ मंसिर २०७९, सोमबार

नेपाल पत्रकार महासंघको पुस पहिलो साता सुर्खेतमा हुने केन्द्रीय साधारणसभाको तयारी थालिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आसन्न पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्द्रीय साधारणसभा गर्ने महासंघको निर्णयलाई स्वागत गरेको छ । जिल्ला शाखा सुर्खेतले उक्त साधारणसभाको भव्य सम्पन्नताको लागि आठवटा उपसमिति गठन गरेको छ ।

महासंघका अध्यक्ष ललित बसेलको अध्यक्षतामा आज बसेको बैठकले साधारणसभा सफल बनाउन आवास तथा व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचार, प्रकाशन, साँस्कृतिक, आर्थिक र पर्यटन उपसमिति गठन गरेको सचिव ललित बसेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमा रहेका सातजना पदाधिकारीको संयोजकत्वमा उपसमितिहरु गठन गरिएका छन् ।

अध्यक्ष बसेलले कर्णालीमा हालसम्म कुनैपनि केन्द्रीयस्तरका कार्यक्रम हुन नसकिरहेको बेला महासंघको केन्द्रीय साधारणसभा राजधानी वीरेन्द्रनगरमा हुनु गौरवको विषय भएको बताउनुभयो । मुलुकको समग्र क्षेत्रको खबरदारी गर्ने महासंघको यस कार्यक्रमले यहाँको विकास र समृद्धिमा पनि सहयोग पुग्ने उहाँले जनाउनुभयो । कार्यक्रममा देश विदेशका गरी करिब छ सय पत्रकारहरु सहभागी हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्