OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २७, २०७८
६९९ पटक

२०७८ जेठ २७ गते,

जुम्लाको कनकासुन्दरी गाउँपालिका स्थित हाँडसिंजा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सञ्चाालनमा आएको छ । स्वास्थ्य चौकीले भिडियो एक्सरे सञ्चालनमा ल्याएको बताईएको हो ।
स्थानीय स्तरमै भिडियो एक्सरे सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिलालाई सहज भएको छ । यस जिल्लाका सिंजा भेगका गर्भवती महिलाहरु लामो दुरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भिडियो एक्सरे चेकजाँचका लागि आउने गरेका थिए ।

गाउँ घर नजिकैका स्वास्थ्य संस्थामा भिडियो एक्सरे जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन भएपछि गर्भवती महिलालाई सहज हुनुका सार्थ मातृ मृत्युदर शुन्यमा ल्याउने अपेक्षा गरिएको हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा, पोषण सुधार केन्द्र, गर्भवती सेवा, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको जानकारी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्