OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

‘सिञ्जा महोत्सव विशेष’ खस सभ्यताको झल्को

नेपालीहरु एक पटक सवै सिञ्जा घुमौ ः

नेत्र शाही कार्तिक १६, २०७६ सिञ्जा
११५५ पटक

कात्तिक । प्रवेश द्धारमा हाम्मा आउना पाउनाकन ओण्छो, पोण्छो लेखिएको छ , अर्थात ( हाम्रा पाहुनाहरुलाई हार्दिक स्वागत छ लेखिएको छ ।
स्थानीय पञ्चेवाजा, मागल, झोडा, धाउसीनाच, ढाल नाच, वालोनाच, देउडा सहित विभिन्न स्थानीय खस सस्कृति झल्काउने नाचले अहिले सिञ्जा महोत्सव भब्य रुपमा संचालन भईरहेको छ ।
खस भाषा र खस सभ्यता पहिचान गर्ने उद्देश्यले सिञ्जाको कनकासुन्दरी गाउँपालिका लासी पाटनमा भईरहेको सास्कृतिक तथा पर्यटन महोत्सवमा अतिथिका लागि गरिएको अन्य स्वागत पनि उत्तकै छन् । भूजपातको स्वागत द्वार, झुलाको गेट, स्याउको ढोकाले आगन्तुकलाई निकै रमाईलो बनायो । वैशाख ८ गते देखी शुरु भएको सास्कृति पर्यटन महोत्सवको भने उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको छ ।
उहाँले शुक्रवार सिञ्जा उपत्यकामा भएको ‘सिञ्जा सास्कृति पर्यटन महोत्सव’ महोत्सवको उद्घाटन गर्दै मन्त्री पुनले नेपाली भाषाको उद्गम स्थल सिञ्जालाई पूर्वाधार तयार गरि थप ठूलो पर्यटकीय खोज तथा अध्ययनको केन्द्र बनाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गनुभयो ।
‘उहाँले भन्नुभयो, नेपालमा सत्य कुरा जुन हो । त्यो खस नेपाली भाषाको उत्पति यसै सिञ्जा उपत्यकाबाट भएको र सिञ्जाबाट उत्पति भएकोे खस भाषा नै नेपाली भाषा हो ।’ तत्कालिन समयमा खसान, गडवाल देखीको राराजा नागराजदेखी मल्लकालिन राजधानीको केन्द्र पनि सिञ्जा भएको उहाँले थप्नुभयो । खसराजा नागराज र सूर्यमल्ल सम्म ३ सय बर्षको राजधानी गरेको स्थान किन सभ्यताको केन्द्र नहुने भन्दै यस भूमिमा आफु आउन पाएकोमा भाग्यमानी भएको बताउनुभयो । उपराष्ट्रपति पुनले यस अवसरका लागि सिञ्जावासी तथा कर्णालीवासीहलाई सिञ्जा आउने धोको पुरा गरिदिनुभएकोमा धन्यवाद दिनुभयो ।
नेपालीहरु एक पटक सवै सिञ्जा घुमौ ः
उहाँले तपाईहरु एक पटक सिञ्जा आउनुहोस र सिञ्जाको भ्रमण गर्नुहोस भन्दै आम नेपालीलाई सिञ्जाबाटै अपिल गर्नुभयो । जहाँवाट खस नेपाली भाषा उत्पति भएको छ । सिञ्जा उपत्यकामा उभिएर अपिल गर्न चाहन्छ’ । जसरी बौद्ध धर्मीहरु लुम्विनी भ्रमण गर्छन । त्यसैगरी सवै नेपालीभाषीहरु एक पटक सिञ्जा आउनु हुनेछ । तपाई नेपालीहरु विभिन्न भूभागमा भएपनि कुनै एक पटक आफ्नो भूमिमा आउनु हुनेछ । जसरी पनि विभिन्न समयमा समय मिलाएर सिञ्जा आउँ , यहाँ आएर अध्ययन गरौ ।
उपराष्ट्रपति पुनले हामीले आफनै सभ्यता थाहाँ नपाएको समयमा नेपाली शताब्दी पुरुष सत्यमोहन जोशी कर्णाली प्रदेश र सिञ्जाको अध्ययन गर्न आउनुभयो । सास्कृति र जीवन र पद्धति बाहिर आएर नेपालीले सिञ्जा बुझे । उहाँर्लाइ हार्दिक आभार व्यक्त गर्दछु । अव यस्तै सत्य मोहनहरुको यहाँका खाचो रहेको भन्दै सिञ्जालाई प्रचार गर्ने हिसावले पछिल्लो पुस्ताले लेख्नुपर्ने उहाँको जोड छ । सताब्दी पुरुष सत्यमोहन जोशी सहित योगी नहरहरी नाथ देखी विभिन्न विद्धानहरुले सिञ्जाको खोज अनुसन्धानपछि तत्कालिन समयको ईतिहास स्थापित भएको छ ।
उहाँले सिञ्जाको प्रचार प्रसार कम भएको भन्दै सिञ्जाको वारेमा प्रचार प्रसार, विकास र समृद्धि नभएका गुनासा भएकाले पहिलो सिञ्जावासी आफै लाग्नुपर्ने र कर्णाली सरकार र केन्द्र सरकारले पनि सिञ्जा सभ्यता संसारमा चिनाउने पूर्वाधार बनाउन आवश्यक रहेको उहाँले जोड दिनुभयो । सिञ्जालाई नेपाल र नेपालीहरुको माझ मात्रै होईन संसार सामु चिनाउन केन्द्र सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, उहाँले थप्नुभयो । हामीले आफ्नो भाषालाई नै प्रथामिकता दिनुपर्छ, वालवालिकाहरुलाई नेपाली भाषामा प्रथामिकता दिउँ, नेपाली भाषामा उत्पादित बस्तुहरुको नामाकरण नेपालीभाषामै गर्नुपर्छ । यो सिञ्जाबाटै शुरु गरौ ।
सुखी र सुखी कर्णाली नै समृद्ध नेपाल ः
लामो राजनितिक परिवर्तनमा कर्णालीको ठूलो योगदान रहेको भन्दै उपराष्ट्रपछि पुनले समृद्ध र सुखी कर्णाली भएमा मात्रै समृद्ध नेपाल सम्भव रहेको भन्दै स्रोत साधनको उच्चतम प्रयोग गरेमा समृद्ध कर्णाली र समृद्ध नेपाल बन्छ । बि.सं २०७५ वैशाखमा रारापर्यटन महोत्सवले पर्यटकका लागि कर्णाली चिनाउदै गरेको भन्दै अहिले जुम्लाको मार्सी काठमाण्डौको गल्लि गल्लिमा पाईन थालेको छ , जुम्लाको स्याउ, जुम्लाको सिमी, कोदो, फापर र जडिवुटि र उनि कपडा ब्राडिङ भईरहेको छ । मैले सुने जुम्लाको स्याउले विदेशी स्याउ बिस्थापित गर्यो भन्ने छ । अव अझै कृषिमा आधुनिकीकरण गर्नुहोस । राजमार्ग वनेपछि सजिलो भएको छ ।
उहाँले नेपाल सरकारले कर्णाली प्रदेशको विकासमा प्रथामिकता दिनुपर्ने भन्दै कर्णाली राजमार्गको बिस्तार, १३३ केभी बिजुली लाईन, जडिवुटि प्रशोधन केन्द्र र पर्यटन प्रथामिकता दिएमा सुखी कर्णालीवासीका दिन नजिकैदै जाने उहाँको भनाई छ । उहाँले कर्णाली प्रतिष्ठानलाई एमडिजिपी पढाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नाग्म गमगडि राजमार्गको कालोपत्र छिट्टै हुने बताउदै, प्रदेश सरकारले सिञ्जामा संग्राहलय निर्माण गरिरहेको बताउनुभयो ।
महोत्सवको आयोजक गाउँपालिका सिञ्जाको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले सिञ्जालाई प्रचार गर्न आम सवैलाई अपिल गर्नुभयो । अतिथिलाई स्वागत मन्तब्य दिदै उपाध्यक्ष उर्मिला खत्री भण्डारीले एक पटक सिञ्जा चिनाउन सवैलाई अपिल गर्दै यहाँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण प्रवर्धनमा जोड दिन अपिल गर्नुभयो । महोत्सवमा पुगेका बरिष्ठ पत्रकार तथा साहित्यकार नवराज लम्सालले अव सिञ्जा र कर्णालीको समाचारको एंगल पत्रकारहरुले बदल्नुपर्ने बताउनुभयो । उहाँले राजनेताहरुले सिञ्जालाई संसारको पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । महोत्सवमा स्थानीय खस सस्कृति देखाउने मागल, झोडा, देउडा, धाउसीनाच, ढाँल नाच, लगायत विभिन्न सस्कृति झल्किने नाचहरु देखाईएको थियो भने पाहुनाहरुलाई स्थानीय भुजपातको गेट र स्याउको गेट बनाएर स्वागत गरिएको थियो । महोत्सवमा कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल सहितको टोली समेत सिञ्जा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्