OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०८३काठमाडौं
५३ पटक

१८ असार २०८३, बिहीबार

दैलेख: कर्णाली राजमार्गको दैलेख सडक खण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उक्त स्थान एकजना भीरमा अचेत अवस्था अड्केको पुरुषलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

घटनास्थलमा उद्धारका सामाग्रीसहित प्र.ना.उ.विक नेतृत्वका ३५ जना प्रहरी टोली घटनास्थलमा पुगेर खोज उद्धारको कार्य गरिहेको छ । प्रहरी नायब उपरीक्षक विकका अनुसार गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्