वर्तमान समयमा कोरोना महामारिले निम्त्याएको संकटको कारणले मानिसको जिवन सोचे जस्तो तरिकाले चल्न सकेको छैन ।जसले गर्दा मानिसमा मनोवैज्ञानिक असरहरु, मनोसामाजिक समस्याहरु देखापर्न जान्छ । सबै कुराहरु असहज परिस्थितीमा परिणत भएका छन् । यस्तो समयमा हामिले ख्याल गर्नुपर्ने विशेष कुरा भनेकोे अवस्था प्रतिकुल हुँदाहुँदै पनि हामिले त्यो प्रतिकुलतामा हेर्न सकिने सकारात्मक पक्षहरु के के हुन त भनेर त्यस्ता कुराहरुलाई उजागर गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । जस्तै ः यो महामारिको अवस्थामा सबै कुराहरु हामिले प्रतिकुल मात्र देखिरहेका हुन सक्छौँ, तर पनि हामिले यस प्रतिकुलता संगै ध्यान पुर्याउन र आफ्नो मनस्थिती लाई संयमित गर्न के कस्ता कुराहरु हुन सक्छन् जस्को जानकारि बाट लाभ लिन सकिन्छ । तिनका बारेमा छोटकरिमा केही चर्चा गरौँ ।
मानसिक विचलन (Mental Disorder) भनेको के हो ?
व्यक्तिको आफ्नो ईच्छा, आकांक्षा, सोँचाई, धारणा वा उसप्रति समाजको हेराइको कारणले गर्दा उसको विचार, भावना, व्यवहार, वातावरण, शरिर र संवेगात्मक रुपमा प्रभावपारे पछि दैनिक कृयाकलापमा अवरोध आएको अवस्थालाई नै मानसिक विचलन (Mental Disorder) भनिन्छ । यस्तो समस्या व्यक्तिको, इच्छा, आकांक्षा, मन, भावना, चाहना, वातावरण, परिस्थिती र समाजमा रहेका मूल्यमान्यता बिचमा तालमेल नमिल्दा देखापर्दछ । अर्थात व्यक्ति कुनै पनि कारणले अप्ठ्यारो वा असहज परिस्थितिमा पर्दा दैनिक कृयाकलापहरु सामान्य रुपमा संचालन गर्न नसक्ने अवस्था नै मानसिक विचलन हो । कुनै अकल्पनिय घटनाले मानिसको जिवनमा गहिरो चोटको कारणले मानिसमा मानसिक विचलन ल्याउन सक्दछ ।
मानिसमा मानशिक विचलन आउने कारणहरु :
– लाञ्छना वा अपहेलना
– विचार र भावनाको सम्मान वा कदर नहुनु
– आवश्यकताको पहिचान हुन नसक्नु
– लामो समय सम्म बिरामी वा अशक्त हुनु
– आर्थिक समस्या हुनु
– प्राकृतिक संकट, महामारि (प्रकोपमा) पर्नु
– हिंसामा पर्नु (लैङ्गिक, सामाजिक, आर्थिक, घरेलु आदि)
– लागुपदार्थ दुव्र्यसन
– आफ्नो लक्ष्य र उद्धेश्यमा असफल हुनु
– झगडा हुनु (पारिबारिक ,सामाजिक
– यौन हिंसा, दुव्र्यवहार वा बलात्कारको शिकार हुनु
– बालविवाह, बहुविवाह हुनु आदि ।
मानसिक विचलनका लक्षणहरु
–मनमा धेरै कुराहरु खेलाउने
– निराशावादी कुराहरु बढी गर्ने
– झर्कने, तर्सने
– निराश देखिने
– टोलाउने
– एकान्तमा बस्ने
– अरुसंग घुलमिल नहुने
– फरक बानी व्यवहार देखाउने
– रुने, कराउने
– धेरै रिसाउने
– छिटोछिटो सास फेर्ने
– धेरै नकारात्मक सोच गर्ने आदि ।
मानसिक विचलनका असरहरु :
– मनोबल गिर्ने
– बदलाको भावना राख्ने
– कुलतमा फस्ने
– आत्मग्लानी महसुस गर्ने
– शारिरीक तथा मानसिक रुपमा अशक्त हुने
– व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्ध बिग्रने
– समाजमा विकृति र विसंगती बढ्ने
– समाजबाट बहिस्कृत हुने
– आत्महत्याको प्रयास वा आत्महत्या गर्ने आदि ।
मानसिक विचलन व्यवस्थापन तथा समाधानका उपायहरु :
– मायाममता बाँड्ने
– व्यक्तिको विचार र भावनाको सम्मान गर्ने
– लाञ्छना र भेदभाव नगर्ने
– घुलमिलको वातावरण सृजना गर्ने
– समस्यामा परेको व्यक्तिको राम्रो हेरविचार गर्ने
– मायाममता बाँड्ने
– दैनिक कामकाजमा व्यस्त राख्ने
– समस्याको स्थान र वातावरण बाट टाढा राख्ने
– समाज र समुदायमा सचेतना जगाउने
– समस्याको पहिचानगरि समयमै सही उपचार गराउने
– बिरामीको उपचार गर्ने
– मनोविमर्श गर्ने
– स्वः हेरचाह गर्ने आदि ।
मनोविमर्श (Counselling) के हो ?
मानिसलाई सामाजिकीकरणको समयमा विभिन्न कठीन अवस्थाहरु आउछन् जसले गर्दा उनीहरुको जिवनमा विभिन्न मानसिक विचलनका समस्याहरु देखा पर्छन । यसरी समस्यामा रहेको मानिसको विद्यमान असुविधा, कठीनाई वा ब्यवहारमा परीवर्तन ल्याउन , सुधार गर्न वा समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले समस्या भएको ब्यक्ति र मनोविमर्शकर्ता विच हुने योजनावद्ध छलफल वा कुराकानी नै मनोविमर्श (Counselling) हो । मानसिक विचलनको समस्यामा परेको व्यक्तिले आफूसंग समस्यै समस्या मात्र धेरै रहेको ठान्दछ । यस्तो अवस्थामा उक्त व्यक्तिको जिवनमा प्रवेश गरि उसको भावना र विचारलाई सम्मान गर्दै समस्याको पहिचान गर्न योजनाबद्ध रुपमा कुराकानी वा छलफलको माध्यमबाट व्यक्तिलाई समस्याबाट बाहिर निकाल्न र उसको समस्या समाधान गर्न गरिने सहयोगी प्रयास नै मनोविमर्श हो । मनोविमर्श भावना, विचार, संवेग र सोचाइमा केन्द्रित भई योजनाबद्ध रुपमा छलफल र कुराकानी मार्फत गरिने एक प्रकारको उपचार विधी हो ।
मनोबिमर्श किन ?
– समस्या पहिचान गर्न
– क्षमता पहिचान गर्न
– समस्यामा परेको व्यक्तिको भावना बुझ्न, भावनात्मक आवश्यकता परिपूर्ति गर्न
– अन्यौलको अवस्थाबाट मुक्त गराउन
– विकल्पको खोजी गर्न
– अवस्थामा सुधार ल्याउन
– व्यवहारमा परिवर्तन ल्याउन
– मानसिकतालाई परिवर्तन गर्न
– दृष्टिकोण बदल्नमा प्रयास गराउने
– नकारात्मक व्यवहार लाई सकारात्मक तर्फ ल्याउन
– सकारात्मक सोंचको विकास गराउन
– तनावबाट मुक्त गराउन
– व्यक्ति, परिवार तथा समुदायमा समञ्जस्यता ल्याउने र सकारात्मक सम्बन्ध स्थापति गर्न
– सहज जिवनयापन गराउन,मनोविमर्शको सहयोगले व्यक्ति÷बालबालिकाहरू मानसिक रुपमा स्वस्थ रही आफ्नो दैनिक जीवन सुचारु रुपमा चलाउन
– सेवाग्राहिलाई आफ्नो समस्या आफै पत्ता लगाई त्यसको समाधानका उपाय पत्ता लगाउन उसैलाइ सहयोग र प्रोत्साहन दिई सकारात्मक परिवर्तन ल्याउन
– सहि निर्णय लिन
– मानसिक समस्या न्यूनिकरण गर्न : समस्या समाधान गर्न ।
मनोविमर्शको महत्व :
हरेक व्यक्ति र घटना अनुसार मनोसामाजिक समस्याको प्रकृति र गहनता पनि फरक फरक हुने भएकाले समस्याको सहि पहिचान गर्न मनोसामाजिक मनोविमर्शको आवश्यकता पर्दछ । त्यसैले समस्यालाई लुकाउने वा दबाउने होइन बरु मनोसामजिक मनोविमर्शको सेवा लिई आफ्नो समस्याको बारेमा छलफल÷कुराकानी गरेर समस्याको समाधान गर्न सकिन्छ । मानसिक विचलन वा महामारी भएको बेला प्रमुख व्यवस्थापन नै स्व हेरचाह हो
स्वः हेरचाह भनेको के हो ?(what is Self Care) ः
हामिले हाम्रो जिवनमा आफूलाई भन्दा अरुलाई र आफ्नो काम भन्दा अरुको काममा बढि ध्यान दिने, आफूलाई भन्दा बढि अरुलाई बढि महत्व दिईरहेका हुन्छौ । फलस्वरुप आफूलाई भैरहेके शारिरिक, मानसिक र संवेगात्मक समस्याहरुका बारेमा सचेत भएका हुदैनौ । कतिपय अवस्थामा हाम्रो यस्तो स्वभाव र व्यवहार आफ्नै लागि हानिकार हुन्छन् ।
तसर्थ आफ्नो लागि आफैले आफुलाई गर्ने स्याहर सुसार र हेरविचार लाई नै स्वः हेरचाह भनिन्छ ।
स्वः हेरचाह गर्ने तरिकाहरु :
– लामो लामो श्वास फेर्ने
– ध्यान तथा योगा गर्ने
– प्रशस्त पानि पिउने
– पर्याप्त निन्द्रा सुत्ने
– सरसफाईमा ध्यान दिने
– आफ्नो नियमित समय तालिका अनुसार समयमै खाना खाने
– रमाईलो वातावरणमा बस्ने
– मनोरञ्जनमा सहभागि हुने
– मिल्ने साथि संग आफ्नो मनको कुरा साटासाट गर्ने
– गित संगित सुन्ने र नाचगान गर्ने
– संभव भएसम्म कामको तालिका बनाएर काम गर्ने बानि बसाल्ने
– आपm्नो क्षमता अनुसारको काम गर्ने
– प्रतिकुल परिस्थितीमा पनि आफूलाई धैर्य राख्न प्रयास गर्ने
– जिवन प्रतिको आशालाई जिवित राखिराख्ने
– सकारात्मक सोँच राख्ने, आदी ।
लेखक
नन्द राज आचार्य
मनोसामाजिक बिमर्शकर्ता
TPO नेपाल जुम्ला
[email protected]