OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २८, २०७९
११८७ पटक

कात्तिक २८ गते । जुम्ला प्रतिनिसधभा राप्रपाबाट उम्मेदवारी दिएका ज्ञानेन्द्र शाहीले अन्तिममा आमसभा गरेका छन् ।
शाहीले जिल्लाभर घरदैलो गरेर जुम्लाको सदरमुकाममा सभा गरेका हुन् । ज्ञानेन्द्र शाही जिताउ अभियानले आयोजना गरेको जनसभामा शाहीले आफ्नो उम्मेदवारी राष्ट्रको नेतृत्वका लागि भएको दाहोरयाउदै ३४ बर्ष अघिबाट जुम्लाले एक मन्त्री समेत नपाएको भन्दै आफुले जुम्लाबाट जितेर गएपछि राष्ट्रको नेतृत्व गर्ने दाहोरयाउनुभएको छ । उहाँका अनुसार अव जुम्लाले राज गर्ने हो, दास हु्ने होईन ।

ज्ञानेन्द्रका अनुसार आजको दिन काठमाण्डौंको कठालो समात्ने वा पैतला समात्ने दिनको फैसला भएकाले जुम्लाले न्याय गर्ने छ । आज जुम्लीलाई सुर्खेत समेत गएर कसैले अभद्र व्यवहार गर्यो भने सोध्ने मान्छे छैनन् ।

केही दिन अघि गठवन्धनले आयोजना गरेको चुनावीसभाामा प्रचण्डले वोलेको मञ्चबाट ज्ञानेन्द्रले भने प्रेत आत्मा भन्ने प्रचण्डले सिद्धान्त बिर्सेका छन् । त्यही स्थानबाट उनले भने आफ्नो लडाई जुम्लाका दाजुभाई दिदी वहिनीहरु सँग होईन । यदि ज्ञानेन्द्र चुनाव जित्यो भने जुम्लीलाई दास बनाउन नपाईने भयो भने ज्ञानेन्द्र हराउन प्रचण्ड जुम्ला आएको आरोप लगाएका छन् ।

पार्टी भन्दा जुम्ली माथीको नारा : 
ज्ञानेन्द्र मात्र नभई सभामा वोल्ने राप्रपाका नेताहरुले यस पटक पार्टी होईन, ज्ञानेन्द्र राम्रो व्यक्ति भएकाले पार्टी भन्दा माथी उठेर जिताउन अपिल गरेका छन् । राप्रपा सहमहामन्त्री तथा सचिवालय सदस्य रमानन्द न्याैपानेले ज्ञानेन्द्रको उम्मेदवारी कसैको पार्टी र व्यक्ति हराउने नभएकोमा जोड दिनुभयो ।

उहाँले हामीले ज्ञानेन्द्रलाई जुम्लाको उम्मेदवार बनाएका छौ अव जुम्ली जनताले फैसला गर्ने छन् । ज्ञानेन्द्र शाहीको चुनावी प्रचार फरक शैलीमा छ । कुनै पनि कार्यक्रममा राप्रपा पार्टीलाई प्रधान गरिएको देखिदैन ज्ञानेन्द्र र हलोको प्रचारमा जोड दिईएको देखिन्छ । सचिवालय सदस्य आचार्यले भने पार्टी कृतिम नाता हो तर जुम्ला जिल्ला जन्मभूमिको नाता भएकाले पार्टी भन्दा माथी उठेर ज्ञानेन्द्र जिताएमा राप्रपाको तर्फबाट ज्ञानेन्द्र शाही मन्त्री हुनेमा दुईमत छैन ।

कार्यक्रम आयोजना गरेको मुल गेटबाट भित्र जान सुरक्षा व्यवस्था कडा गरिएको थियो । सुरक्षाले झोला खोलेर मात्रै भित्र पसाल्ने देखी सभा स्थलको मञ्चमा सुरक्षा निगरानी कडा देखिन्थ्यो । ज्ञानेन्द्र जिताउ अभियानका लागि स्थानीयको वाक्लो उपस्थिति त थियो तर जिल्ला वाहिरका नयाँ अनुहार पनि देखिन्थे । राप्रपाका ज्ञानेन्द्र शाही सँगै जुम्लाबाट प्रतिनिसिभामा सत्ता गठवन्धनका साझा उम्मेदवार गोमा कुँवर, नेकपा एमालेका रतननाथ योगी, नेमकिपाका डिल्ली प्रसाद काफ्ले प्रतिस्पर्धामा छन् ।

 

 

प्रतिकृया दिनुहोस्