OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २०, २०७९
५४८ पटक

२० असार २०७९, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापनमा भन्दा काम बढी गर्दै आइरहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कामले आफै विज्ञापन गर्ने तर्क गर्नुभयो । उहाँले समयको महत्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति व्यहोर्न नपर्ने जनाउनुभयो ।

विपद्मा अर्कोको समाचार लेख्ने पत्रकारहरुले आफु सुरक्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारको लेखाईको मनोविज्ञान सकरात्मक र एकै अर्थ दिने शब्द हुनुपर्दछ । विपद्मा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालका समाचार सम्प्रेषणले संवेदनशील पत्रकारिताको जिम्मेवारी पुरा हुन्छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जीवनको आजात शत्रु भएकोले यसबाट बच्न र बचाउन पत्रकारको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले यहाँका १७ लाख जनतालाई विपद्बाट बचाउन सत्य तथ्य सूचना र जानकारीको मुख्य जिम्मेवार पत्रकार नै भएको उल्लेख गर्नुभयो । त्यसैमा उहाँले संंघ सरकारले संवैधानिक व्यवस्था हुँदा पनि प्रदेश सरकारलाई प्रहरी परिचालनको अधिकार नदिएको प्रतिक्रिया दिनुभयो ।

नेपाल पत्रकार पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले विपद्मा केन्द्रित रहेर काम गर्न र यसमा काम गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई दिनको प्रदेशस्तरीय क्षमता अभिवृद्धिको तालिम आयोजना गरिएको बताउनुभयो । विपद्सँग सम्बन्धित उक्त कार्यक्रममा यहाँका सात जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ । उक्त तालिमको प्रशिक्षण प्रशिक्षक भवानी बरालले गर्नुभएको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्