OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २, २०७८जुम्ला,
६७९ पटक

भारी बर्षा र बाढीले ठूलो मात्रामा क्षेति भएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातिर लागेको छ । प्रहरी नायव उपरीक्षिक दानबहादुर थापाका अनुसार बाढीले क्षेति भएको खबर आएपछि तिला गाउँपालिकाको सापुल्ली र नुवाकोट क्षेत्रमा प्रजिअ सहित सुरक्षाको टिम लागेको हो ।

भारी बर्षाले नाग्म गमगडि राजमार्गको बाटो बन्द भएको छ । उहाँ अनुसार रारालिही क्षेत्रका नदि छेउछाउका बासिन्दालाई नवस्न माईकिङ भईरहको छ । प्रजिअ प्रसाईले भारी बर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदिको छेउछाउ र सापुल्लीमा आफुहरु गएको जानकारी दिनुभयो ।  उहाँका अनुसार धान मात्रै नभई यो जोखिम अवस्थामा मानवीय क्षेतिबाट जोगिन सतर्कता अपनाउन नागरिकलाई अनुरोध गर्नुभयो । उहाँले नदि र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नागरिकलाई नवस्न अनुरोध गर्नुभयो । प्रहरीका अनुसार तिलाको सेरी बजार क्षेत्रको नदि क्षेत्रका घरमा नवस्न माईकिङ गरिएको छ ।

यस्तै नदि छेउछाउ र खोला किनार, सड्कमा समेत आज हिडडुल गर्न होशियार हुन प्रमुख जिल्ला अधिकारी प्रसाईले अपिल गर्नुभयो । जिल्लाभरका खोलाहरु बाढिले बढको खबरहरु आएका छन् तर्दा बिचार पुरयाउन वा विना काममा घरमै बस्नुपर्नेमा ध्यान दिदा जोखिमबाट जोगिन सक्छ ।

भारी बर्षाले धेरैजसो पाकेको मार्सीधानका फाट नदि बन्नुका साथै काटेका धान खेतमै कुहिएका छन् । यस्तै सिमी तथा घास समेत कुहिन थालेका किसानले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्