OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १८, २०७८
६८७ पटक

१८ असोज २०७८, सोमबार

कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेषदूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ ।

बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका शिक्षा, महिला सशक्तिकरणका विषयमा छलफल भएको भएको थियो । सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा, स्वास्थ्यका साथै विकासमा बेलायती सरकारको सहयोग प्रशंसनीय रहेको र अब पनि अपेक्षित साहयता हुने बताउनुभयो । उहाँले कर्णालीमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई स्वागत गरिने जनाउनुभयो ।

त्यसैबीच, विशेषदूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासका सम्बन्धमा आफ्नो सहयोग रहने बताउनुभयो । बेलायती सांसदसमेत रहेकी ग्रान्टसहित मुख्यमन्त्री शाहीसँग बेलायती दुतावासका विकास निर्देशक नाथानेल बेभेन, (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफिल्ड, बेलायती दुतावासअन्तरगत रहेको सुसंगतता एकाई (कोहरेन्स युनिट), कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्