OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,]भाद्र ५, २०७८ जुम्ला,
६९३ पटक

खलंगा भदौ ५ गते । जुम्लामा जथाभावी फैलिएको गाजा फडानी शुरुवात गरिएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायहरुको सक्रियतामा जुम्लामा गाँजा फडानी शुरुवात गरिएको हो ।
जिल्लाको धार्मिक महत्व वोकेको चन्दननाथ मन्दिर क्षेत्र, जुगाँड खोलाबाट नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीले जुम्लामा गाजा फडानी शुरुवात गरेको हो ।

स्थानीय प्रशासनको अगुवाईमा विहान ८ बजे देखी सदरमुकाम क्षेत्र सहित स्थानीय तहमा एकै पटक गाजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध रुपमा फैलिएको र वालवालिकाले समेत दुरउपयोग गर्दै आएको, कानूनले समेत रोक लगाएको गाँजा फडानी गर्न सवैको सहयोग सहकार्य आवश्यक रहेको जानकारी दिनुभयो ।

सुरक्षा निकायले जनप्रतिनिधी, नागरिक समाज र सरोकारवाला निकायहरुको उपस्थितिमा अभियान थालेर सदरमुकाममा विभिन्न क्षेत्रमा जथाभावी उम्रिएको गाँजा फडानी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले आज देखी सवै स्थानीय तहमा समन्वय गरेर गाँजा फडानी शुरुवात गरिएको जानकारी दिनुभयो । उहाँले मुख्य दुई उद्देश्यका साथ पहिलो कानूनी रुपमा मान्यता छैन । अर्को उपभोग गर्न निरुत्साहित गर्ने, कारोवार रोक्ने तथा नियन्त्रण अभियान गरिएको बताउनुभयो । जिल्लाभरी गरिएको अभियानमा सवैले सहयोग गर्न प्रशासन कार्यालयले अपिल गरेको छ ।

जुम्लामा यो सिजनमा जथाभावी रुपमा गाँजा उम्रेको हुन्छ भने यसलाई सदउपयोग गरेर तेल निकाल्ने तथा अचार बनाउने गरेपनि दुरउपयोग हुन थालेपछि फडानी शुरुवात गरिएको छ ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले यो अभियानले विकृति कम हुने भएकाले सवै स्थानीय तहमा फडानी कार्यक्रम गरिनुपर्ने बताउनुभयो । गाँजा फडानी गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी विजया प्रसाई र सुरक्षा निकायका प्रमुखहरुको सहभाष्तिा भएको थियो ।

प्रतिकृया दिनुहोस्