OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७८काठमाडौं
६९४ पटक

२०७८ साउन २८ गते,

जुम्ला सदरमुकाममा भालुको आक्रमणले दुई जना घाईते भएका छन् ।

भालुले चन्दननाथ नगरपालिकामा कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जनालाई कोतारेर घाईते बनाएको स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका ४ निवासी २९ बर्षिय हिमबहादुर रोकाया र २६ बर्षिय निर्मला थापा रोकायालाई आज विहान आक्रमण गरि घाईते बनाएको छ । श्रीमान् हिमबहादुर रोकाया नुहाई रहेको अवस्थामा भालुले आक्रमण गरेपछि श्रीमतिले थाहाँ पाएपछि श्रीमतिलाई समेत घाईते बनाएको प्रहरीले जनाएको छ ।

उनिहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।

सतर्क रहन अनुरोध :
भालु मुख्य बजारमै आएर आक्रमण गरेपछि सर्तक रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । मुख्य बजारमै भालुको आक्रमणबाट मानिहरु घाईते भएपछि बजार क्षेत्रमा विहानै देखी सुरक्षा निकाय, वन डिभिजन कार्यालयका कर्मचारीहरु खोजी गरिरहेका छन् । बजारमै कही लुकेर फेरी आक्रमण गर्न सक्ने भन्दै वालवालिका, ज्येष्ठ नागरिकलाई एक्ले नछोडन आग्रह गरिएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार कही देख्ने बित्तिकै प्रहरीमा खबर गर्न भन्दै नगरपालिकाका नागरिकहरु सचेत रहन आग्रह गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्