OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक २२, २०७६जुम्ला,
३८४ पटक

खलङ्गा ÷कात्तिक २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विश्व रेडियोलोजिष्ट दिवस मनाईएको छ ।
प्रतिष्ठानको रेडियोलोजिष्ट शाखाँले रेडियोलोजीको वारेमा जनचेतनामुलक कार्यक्रम गरि सरोकारवाला निकायहरुलाई जानकारी गराएको छ । प्रतिष्ठानले एक कार्यशालाको आयोजना गरि प्रस्तुतीकरण समेत जारी गरेको छ । रेडियोलोजी शाखा जुम्लाका ईन्चार्ज स्निता गुरुङले रेडियोलोजी बिज्ञानका वारेमा प्रस्तुत गर्नुभएको प्रतिवेदनामा ईतिहास, फाईदा, वेफाईदा र रेडियोका किरणहरुले असर तथा हुने रोगथामका बिषयमा जानकारी गरिएको छ । गुरुङको प्रस्तुतिकरणमा रेडियोलोजीका साधनहरुबाट अर्थात विभिन्न मेशिनबाट हुने असरको रोगथामका बिषयमा सेवाग्राहीहरुले सचेत हुनुपर्ने बिषयमा जानकारी गर्नुभएको छ ।
उहाँले एक्सरे, सिटस्क्यान गर्दा हुने मेडिकल अनुसन्धानका साथै विभिन्न प्रकारका मेशिनहरुबाट आउने किरणहरुले केही असर हुने भएकाले रोगथामका उपायमा जोड दिनुपर्ने कुरामा जोड दिनुभयो । धेरै जसो विरामीहरु चाडै एक्सरे सहित विभिन्न मेशिनको प्रयोग गर्नुपर्ने अपेक्षा भएपनि आवश्यकता अनुसार मात्रै प्रयोग गर्ने विज्ञहरु सुझाव छ । कार्यशालमा प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सवै भन्दा बढि अनुसन्धान र रोग निधान गर्नका लागि मेशिनहरुको प्रयोग गर्नुपर्ने सकारात्मक बिषय भएपनि यसको हानिकारकका बिषयमा प्रतिष्ठानले जनचेतना अभियानको वारे योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा दिवस भब्य मनाएर आम नागरिकमा जनचेतना दिनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईले दिवसलाई ठूलो जनचेतनाको रुपमा लिनुपर्ने छ । मेशिनहरु प्रयोग गर्दा कर्मचारी ध्यान दिनुपर्ने कुरा, सेवाग्राहीले ध्यान दिनुपर्ने कुराको जनचेतनाको प्रचार प्रसार हुन आवश्यक रहेको बताउनुभयो ।
क्याप्सन ः कर्णाली प्रतिष्ठानमा रेडियोलोजी दिवसको अवसरमा तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्