OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०७८सुर्खेत
४४२ पटक

 २५ जेठ २०७८, मंगलबार

कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेकपा एमालेले सोमबार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभाको बैठक बस्न सकेन ।

प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रीमा कायम राखेको भन्दै आक्रोश पोख्नुभएको थियो । उहाँले किर्ते जालसाजीको अभियोग लागेर दोषी प्रमाणित भईसकेका व्यक्तिलाई सार्वजनिक पदमा राख्ने र संसदको मर्यादामा आँच आउने कार्य गरे एमाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेकाा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । बैठक अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि स्थगित गरेको बैठक पुनः बेलुका ५ः०० बजे शुरु भयो । बैठकको शुरुमै एमालेका प्रदेशसभा सदस्य करबीर शाहीले भौतिकमन्त्री थापालाई सरकारले पदमुक्त नगरेसम्म काम कारवाही अघि बढ्न नदिने धारणा व्यक्त गरेसँगै सभा अवरुद्ध भएको थियो ।

बैठक चल्न नसकेपछि सभामुख शाहीले जेठ २५ गते दिउसो २ः०० बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिनुभयो । आज बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबी तीन घण्टा वार्ता भयो । त्यसको टुङ्गो नलागेपछि बैठक नै बस्न सकेन । दुवै पक्षबीचको निष्कर्षविहिन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते दिउसो २ः०० बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ ।

प्रतिकृया दिनुहोस्