OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०७८काठमाडौं
७९१ पटक

२५ जेठ २०७८ मंगलबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत जित्नुभएको छ । उहाँको पक्षमा विश्वास मत दिईएको छ । प्रदेशसभामा भएको ५२ प्रदेशसभा सदस्य मध्य ३० जना सदस्यहरुले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हुन् । आज बसेको प्रदेशसभाको बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सदस्यले पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिए ।

कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसे । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे । नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सदस्यहरुलाई ह्वीप लगाएको थियो ।

तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो । एमाले ओली पक्षका प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्