OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७८ जुम्ला,
३२३ पटक

खलंगा वैशाख १९ गते । कोरोना रोकथामको लागि आवश्यक व्यवस्थापन गर्न वसेकोको वैठकले कोरोना संक्रमित वोक्ने सवारी देखी शव वाहनको व्यवस्थापनको निर्णय गरेको छ ।
जिल्ला विपत व्यवस्थापन समितिको वैठकले सवै स्थानीय तहको सहयोगमा चार महिनाका लागि संक्रमित वोक्ने भ्यानको व्यवस्थापनका लागि निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सो व्यवस्थाका लागि स्थानीय सरकारले ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गर्नुपर्ने छ ।

यसैगरी शववाहनका लागि सडक डिभिजन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । स्थानीय तहले निर्माण गरेको कार्ययोजना कार्यान्वयन गर्ने, कोभिड १९ को दैनिक विवरण फोकल पर्सन तोकि हरेक दिन दुईबजेभित्र पठाउने निर्णय भएको छ ।

जिल्ला वाहिरबाट आने व्यक्तिहरुका लागि स्थानीय तहले स्थापना गरेको हेल्थडक्समा जाँच गरेर गाउँ जानदिने देखी विभिन्न प्रकारका निर्णय गरिएका छन् । धेरैजसो मानिसहरु गाउँछिरि सकेकाले आगामी दिनका लागि व्यवस्थापन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट उत्पादनमा बृद्धि हुने गरि अनुरोध गर्ने समेतका निर्णय भएको छ । यसैगरी वैठकमा स्थानीय तहले कोरोना रोकथाममा आफ्नो योजना समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्