OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ४, २०७८ सुर्खेत
८७० पटक

४ बैशाख २०७८ शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमनत्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । बैशाख ३ गते विश्वासको मत हाँसिल गरेपश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद हेरफेरको क्रममा तीन मन्त्रीलाई नियुक्त गर्नुभएको हो ।

जस अनुसार उहाँले नेकपा माधव नेपाल समुहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिनुभएको थियो ।

यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समालिरहनुभएको छ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ आईतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्