OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी बैशाख १, २०७८जुम्ला ।
३६५ पटक

खलंगा वैशाख १ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको नवनिर्वाचित कार्यसमितिलाई निश्पक्ष पत्रकारिता मार्फत सामाजिक न्याय र विकास निर्माणका कामहरुमा प्रथामिकता दिन सरोकारवाला निकायहरुले सूझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राजनैतिकदल, जनप्रतिनिधि सहित सरोकारवाला निकायहरुले निश्पक्ष भुमिका सहित आवाज विहिनहरुको आवाज विहिन बन्न सूझाव दिएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले नयाँ कार्यसमितिलाई वधाई ज्ञापन गर्दै चुनावी मैदान पछि सवै पत्रकारहरु मिलेर साझा रुपमा काम गर्नुपर्ने सूझाव दिनुभयो । उहाँले ज्येष्ठ नागरिक सहित लक्षित बर्गका समस्या र अधिकार प्रति जिल्ला समन्वय समितिको पहलमा स्थानीय तह सँगको सहकार्यमा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले २०७७ साल कोभिडका कारण कठिन बर्षको रुपमा भएपनि यो बर्ष त्यो अवस्था आई नलाग्ने आशा सहित पूर्व तयारीमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकार महासंघको नयाँ कार्यसमिति आश लाग्दो भएको, समाजमा उठन नसकेका सवाल उठाउनुपर्ने बताउनुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले संघीयता अनुरुप नेपाल पत्रकार महासंघको संरचना स्थानीय तहमा हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहमा समेत महासंघको संरचना भएमा थप राम्रो सजिलो हुने भन्दै २०७७ साल जनप्रतिनिधि देखी सरोकारवाला निकायहरु र नागरिकको संघर्षको बर्ष बितेको छ । यो बर्ष पनि खडेरीले हैरान बनाएकोले प्राकतिक विपत्ति हुन सक्ने डर भएकोमा जोड दिनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलगाईले कोभिड घटाउन प्रयास जारी भएपनि राजनैतिकदलहरुका भेलाले जोखिम गर्दै आएकाले सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य पूर्ण प्रसाद धितालले नयाँ समितिलाई शुभकामना आदान प्रदान जिल्लाले अपेक्षा गरे अनुसारको नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यसमिति आएकाले शुसासन र पारदर्शितामा जोड दिएर काम गर्नुपर्ने जिम्मेवारी काधमा आएको बताउनुभयो ।

नेकपा एमालेका जिल्ला सचिव आदी प्रसाद न्यौपानेले पत्रकार महासंघले जुम्ली पत्रकारिता क्षेत्रको छवि बचाउने र पहिचान गर्ने अपेक्षा गरिएको बताउदै यस बिषयमा विभिन्न काम गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाका नवनिर्वाचित अध्यक्ष नेत्रबहादुर शाहीले महासंघले पत्रकारहरुको हक अधिकार, क्षमता विकास, महांघको भवनलाई सूचनामैत्री बनाउन अहिलेको आवश्यकता रहेको भन्दै ज्येष्ठ नागरिक, महिला वालवालिका तथा समाजमा पछि परेका बर्गहरु, समसामयिक र सामाजिक बिषयको आवाज बुलन्द गर्न सहयोग गर्ने र सरोकारवाला निकायहरुको निरन्तर साझेदारीमा जोड दिने बताउनुभयो । शुभकामना आदान प्रदान कार्यक्रममा कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले समाचार सत्य तथ्यमा जोड दिन महासंघले भूमिका खेल्नुपर्ने भन्दै कर्णाली प्राविधिक शिक्षालय जुम्लाको विकास र उन्नतिका लागि पत्रकार जगतको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित सरोकारवाला निकायहरुले नयाँ बर्ष सँगै पत्रकार महासंघको कार्यकालको शुभकामना दिदै सत्यतथ्य पत्रकारितामा जोड दिन सूझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्