OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ४, २०७७सुर्खेत
७७२ पटक

४ चैत २०७७, बुधबार

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन आजबाट फिर्ता लिएको निर्णय गरेको छ । एमाले कर्णाली प्रदेश ईञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यता कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा एमालेका नेता प्रकाश ज्वालाले आज नेकपा (एमाले) प्रदेशसभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकको निर्णयप्रति आफू ईतर पक्षको ध्यानाकर्षण भएको बताउनुभएको छ । यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको ध्यानाकर्षणमार्फत जानकारी गराउँदै योजनामन्त्री ज्वालाले कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउनुभएको छ ।

ध्यानाकर्षणमा उहाँले भन्नुभएको छ, “यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौ । औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ ।”

नेकपा एमालेको संसदीय दलको बैठकले दलको कार्यालय व्यवस्थाका लागि संसद सचिवालयलाई अनुरोध गर्ने, सरकारमा रहेको समर्थन फिर्ता, मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन, दलको नेताको रुपमा यामलाल कँडेललाई दिने र तीनै मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने र अनुपस्थित प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग्ने निर्णय गरेको जनाईएको छ । ओली र माधव समुहका छुट्टछुट्टै निर्णय र ध्यानाकर्षण सार्वजनिक भएपछि एमाले कर्णालीमा पुनः विवाद शुरु भएको छ ।

 

प्रतिकृया दिनुहोस्