OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०७७सुर्खेत
९४७ पटक

 

१९ फागुन २०७७, बुधबार

कर्णाली प्रदेश सरकारको चालु आव.०७७÷०७८ मा विनियोजित बजेट पाउन छुटेको जुृम्लाले अन्ततल् मंगलबार उच्च शिक्षा छात्रवृति कार्यक्रमतर्फको बजेट रकम प्राप्त गरेको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यस प्रदेशका १० जिल्लामा नियमित उच्च शिक्षा छात्रवृति कार्यक्रमअन्तरगत विनियोजन गर्ने बजेट रकम नौ जिल्लामा गएपनि चालु आव.को फागुन दोस्रो सातासम्म जुम्लामा बजेट आउन सकेको थिएन र यसलाई छुटाईएको थिजयो । मन्त्रालयले हरेक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृति रकम प्रदान गर्दै आईरहेको छ ।

यही विषयमा रहेर ‘उच्च शिक्षा छात्रवृतिको बजेट जुम्लालाई विभेद किन ?’ भन्ने शीर्षकमा यही फागुन १२ गते कोरपाटीले समाचार लेखेको थियो । समाचार प्रकाशनपश्चात् एक हप्ता नपुग्दै मन्त्रालयले जुम्लाका लागि उच्च शिक्षा छात्रवृति कार्यक्रमअन्तरगत रु.१४ लाख ८० हजार रकम निकासा पठाएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलबीर सुनारले जानकारी दिनुभयो ।

छुटेको बजेट व्यवस्थापन गर्न असोज १६ गते नै सामाजिक विकास मन्त्रालय अन्तरगतको जिल्लागत बजेट खर्चमा सामाजिक विकास कार्यालय जुम्लाको छात्रवृतितर्फको बजेट विनियोजन नभएको व्यहोरा जानकारी गराउँदै उक्त बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन कार्यालय प्रमुख सुनारले मन्त्रालयलाई सम्बोधनको पत्राचार गर्नुभएको थियो । लामो समय हुँदा पनि बजेट जुम्लालाई आउन सकेन ।

बजेटका सन्दर्भमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जुम्लाको उच्च शिक्षा छात्रवृति रकम पठाउनका लागि रकमान्तरको फाईल आर्थिक मामिला मन्त्रालयले दिँदा पनि उक्त फाईल च्यापिराखेको जनाउँदै सामाजिक विकास मन्त्रालयले जति भन्दा पनि आर्थिक मामिला मन्त्रालयले सुनुवाई नगरेको बताउनुभएको थियो ।

कार्यालय प्रमुख सुनारले भने मन्त्रालयलाई पत्राचार गर्नुका साथै बेला बेलामा मौखिकरुपले पनि घच्घच्याई रहनुभएको थियो तथापि त्यसको सहज सुनुवाई भएको थिएन । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले छात्रवृतिको बजेट नपर्नुमा जुम्ला सामाजिक विकास कार्यालयको कमजोरी भएको दोषारोपण गर्दै टार्नुभएको थियो ।

उच्च शिक्षा छात्रवृतिको बजेट जुम्लाका लागि सम्बोधन हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दा सचिव पौड्यालले आगामी आर्थिक वर्षमा मात्र बजेट दिन सकिने जवाफ दिनुभएको थियो । आगामी वर्ष मात्र उच्च शिक्षा छात्रवृतिको बजेट पाईने जवाफ दिएपनि अन्ततः समाचार दबाबले जुम्लाका लागि अबिलम्ब बजेट निकासा हुँदा उच्च शिक्षा अध्ययनरत जुम्ली विद्यार्थीहरुलाई ठूलो राहत पुगेको कार्यालय प्रमुख सुनारले जनाउनुभयो ।

सामाजिक विकास कार्यालय जुम्लाले दिएको जानकारी अनुसार मन्त्रालयबाट प्राप्त बजेटमा उच्च शिक्षा छात्रवृति छोरी बुहारीतर्फ प्रतिव्यक्ति रु.एक लाख नबढाई १० जना, दलित र अपाङ्गतर्फको छात्रवृतिमा प्रतिव्यक्ति रु.२४ हजारका दरले १०÷१० जना गरी कुल जम्मा ३० जनालाई उपलब्ध गराईने र त्यसका लागि विद्यार्थीको आवेदन लिने काम शुरु भएको छ ।

प्रतिकृया दिनुहोस्