राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०८१/८२(Nepal Multiple Indicator Cluster Survey-NMICS2024-25)कोSurvey Findings Reportकोपूर्ण नतिजाप्रतिवेदन २०82 साल माघ २६ गते सोमबार सार्वजनिक गरी यस कार्यालयको वेबसाइट http://www.nsonepal.gov.npरwww.unicef.org/nepal/मा अपलोड गरिएको व्यहोरा अनुरोध छ। प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्ने क्रममा आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा यो कार्यक्रम सम्पन्न भएको छ।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आ।व। २०८१र८२ मा नेपाल बहुसूचक सर्वेक्षणसञ्चालन गरिएको थियो।यो सर्वेक्षण नेपालको लागि चौथों सर्वेक्षण हो।
यसबाट सङ्घीेयका साथै प्रदेश तहसम्मका योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यहरूको अनुगमनको लागि आवश्यक पर्ने तथ्याङ्कहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणाहरू तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन तथा बहुआयामिक गरिबी मापन गर्न ठोस योगदान पुग्ने विश्वाषस गरिएको छ।यो सर्वेक्षणको कार्यान्वयन सातौं विश्वव्यापी बहुसूचक सर्वेक्षणको श्रृंखलाका रूपमा संयुक्त राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० नेपालको प्राविधिक तथा आर्थिक सहयोग एवं सहकार्यमा नेपाल सरकारले गरेको हो।
यस सर्वेक्षणमा तथ्याङ्क सङ्कलनको लागि नेपालभर ५४० क्लष्टर९गणना क्षेत्र०हरूमध्ये शहरी क्षेत्रबाट ३०४ क्लष्टर र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर तथ्याङ्कीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २४ ओटाघरपरिवारहरू छानिएका थिए। यसरी छानिएका जम्मा १२,९६० घरपरिवारहरूबाट पारिवारिक विवरण सङ्कलनगरिएको थियो जसमा प्रत्येक घरपरिवारमा भएका १५(४९ वर्ष उमेर समूहका महिला, १५(४९ वर्ष उमेर समूहका पुरुष, ५(१७ वर्ष उमेर समूहका बालबालिकातथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण सङ्कलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो।पहिलो पटक १५(२४ वर्ष उमेर समूहका किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी विवरणसमेत सङ्कलन गरिएको थियो।साथै छनौटमा परेका घरपरिवारहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने पिउने पानीमा रहेका हानिकारक जीवाणु भ्।अयष्तिथा आर्सेनिकको स्थलगत परीक्षण गर्ने कार्यक्रम पनि रहेको थियो।
यस सर्वेक्षणमा शिक्षा, मातृ तथा नवजात शिशु स्वास्थ्य, खानेपानी तथा सरसफाइ,सुरक्षा र विभेद, मानसिक स्वास्थ्यलगायत अन्य सामाजिक क्षेत्रकाविविध विषयसँग सम्बन्धी तथ्याङ्क संकलन गरिएको छ ।
यस प्रतिवेदनमा राष्ट्रिय स्तर,सातै प्रदेशका शहरी क्षेत्र तथा ग्रामीण क्षेत्र लगायत काठमाडौं उपत्यका शहरी क्षेत्रको खण्डिकृत तथ्याङ्क समावेश गरिएको छ।
राष्ट्रिय तथा प्रदेशस्तरीय मुख्य नतिजाहरू
बाल मृत्यु
नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२ को नतिजा प्रतिवेदन अनुसारप्रति १००० जीवित जन्मेका शिशुमध्ये १ वर्ष उमेर नपुग्दै २७ जनाशिशुको मृत्यु हुने गरेको देखिन्छ।त्यसैगरी ५वर्षमुनिका बालबालिकाको मृत्युदर ९बालमृत्यू दर० प्रति १००० जीवित जन्मेका बालबालिकामा३१ जना रहेको छ।साथै प्रति १००० जीवित जन्मेका नवजात शिशुमध्ये १ महिना उमेर नपुग्दै १७ जना नवजात शिशुको मृत्युहुने गरेको यो सर्वेक्षणले देखाएको छ।
प्रदेशअनुसार नवजात शिशु मृत्युदर सवैभन्दा बढीसुदूरपश्चिम प्रदेशमा प्रति १००० जन्ममा २६ जना र सवैभन्दा कमबागमती प्रदेशमा १० जना रहेको छ।प्रति १००० जन्ममा सवैभन्दा बढी शिशुमृत्यु दर ३८ जना सुदूरपश्चितम प्रदेशमा र सवैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिन्छ। यसैगरी ५ वर्षमुनिकाबालबालिकाको मृत्यु ९बालमृत्यु०दर पनि सवैभन्दा बढी सुदूरपश्चिाम प्रदेशमा प्रति १००० जन्ममा ४८ जना रहेको छ भने सवैभन्दा कम गण्डकी प्रदेशमा २०जना रहेको देखिन्छ। कर्णाली प्रदेशमा नवजातशिशु मृत्युदर, शिशु मृत्युदर तथा पाँच वर्षमुनिको बालमृत्यु दर क्रमशः प्रति १००० जिवित जन्ममा २२, २९ र ३८रहेको छ।
विद्युत तथा टेलिफोनमा पहुँच
नेपालमा ९६।७ प्रतिशत घरपरिवारका सदस्य निरन्तर विद्युत सेवामा पहुँच भएको घरपरिवारमा बसोबास गर्ने गरेको पाइएको छ। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश ९९९।५ प्रतिशत० र सबैभन्दा कम कर्णाली प्रदेश ९८०।८ प्रतिशत० रहेको छ।
नेपालमा ९५।५ प्रतिशत घरपरिवारमा टेलिफोन ९स्थिर टेलिफोन वा मोवाइल फोन० सुविधाको पहुँच रहेको छ भने प्रदेशअनुसार सबैभन्दा धेरै बागमती प्रदेश ९९७।१ प्रतिशत० र सबैभन्दा कमसुदूरपश्चिअम प्रदेश ९९२।६ प्रतिशत०रहेको छ।कर्णाली प्रदेशमायस्तो सुबिधाको पहुँच भएका घरपरिवार९३।७ प्रतिशत रहेका छन्।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग
सर्वेक्षणअनुसार करिबपाँचमध्ये चार घरपरिवार ९८२।० प्रतिशत० ले इन्टरनेटसुबिधा सहितको उपकरण प्रयोग गर्ने गरेको पाइएको छ। कर्णालीप्रदेशमा दुईतिहाई भन्दा केही बढी ९६८।५ प्रतिशत० घरपरिवारले यस्तोसुबिधा प्रयोग गर्ने गरेको पाइएकोछ।
नेपालमा १५–४९ वर्ष उमेर समूहका ८१।६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ भने ९२।८ प्रतिशत महिलाले पछिल्ला तीन महिनामा मोबाइल फोन प्रयोग गरेको देखिन्छ। त्यसैगरी, सोही उमेर समूहका ९०।४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको छ भने ९४।९ प्रतिशत पुरुषले पछिल्ला तीन महिनामा मोबाइल फोन प्रयोग गरेका छन्।
कर्णाली प्रदेशमा ८३।७ प्रतिशत व्यक्तिसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ भने ९३।४ प्रतिशत व्यक्तिले पछिल्ला तीन महिनामा मोबाइल फोन प्रयोग गरेको सर्वेक्षणले देखाएको छ।
सुर्तीजन्य पदार्थको सेवन
नेपालमा १५(४९ वर्ष उमेर समूहका २०।५ प्रतिशत ब्यक्तिले हाल कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको बताएका छन्। लैङ्गिक आधारमा हेर्दा, यो उमेर समूहका ५।१ प्रतिशत महिला र ४१।८ प्रतिशत पुरुषले हाल कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोबताएका छन्। सर्वेक्षणको नतिजाअनुसारकर्णाली प्रदेशमा यस प्रकारका सुर्तीजन्य पदार्थ सेवन गर्ने यो उमेर समूहका ब्यक्ति १९।९ प्रतिशत रहेका छन् जुन राष्ट्रिय दरभन्दा केही कम हो।
नेपालमा१५(४९ वर्ष उमेर समूहका ४।४ प्रतिशत ब्यक्तिले १५ वर्षको उमेर अगाडि नै एक खिल्ली चुरोटरविंडी पुरै सेवन गरेको बताएका छन्। लैङ्गिक आधारमा हेर्दा, १५(४९ वर्ष उमेर समूहका७।६ प्रतिशत पुरुष र २।१ प्रतिशत महिलाले १५ वर्षको उमेर अगाडि नै एक खिल्ली चुरोटरविंडी पुरै सेवन गरेको बताएका छन्। कर्णाली प्रदेशका यो उमेर समूहका २।७प्रतिशत ब्यक्तिले १५ वर्षको उमेर अगाडि नै एक खिल्ली चुरोटरविंडी पुरै सेवन गरेको यो नतिजाले औंल्याएको छ।यो दर पनि राष्ट्रिय दरभन्दा निकै कम हो।
प्रजनन तथा मातृत्व स्वास्थ्य
सर्वेक्षणअनुसार १५(४९ वर्ष उमेर समूहका महिलाको कुल प्रजनन दर प्रति महिला औसत १।९ जीवित जन्म रहेको छ भने कर्णाली प्रदेशमा यो दर २।३ रहेको देखिन्छ।
सर्वेक्षणअनुसार १५(१९ बर्ष उमेर समूहका किशोरीको प्रजनन दर प्रति १००० किशोरीमा ४८ जिवित जन्म रहेको छ भने कर्णाली प्रदेशमा यो दर ७७ रहेको छ। त्यसैगरी, २०(२४ बर्ष उमेर समूहका महिलामध्ये ११।२ प्रतिशतले १८ बर्ष उमेर पुग्नुअघि नै जिवित बच्चा जन्माइसकेको देखिन्छ, जबकि कर्णाली प्रदेशमा यस्तो प्रतिशत १८।८ रहेको छ।यी दुबै दर राष्ट्रिय दरभन्दा निकै बढी रहेका छन्।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार १५(४९ बर्ष उमेर समूहका हाल विवाहित ३ जना महिलामध्ये करिब १ जना ९३५।० प्रतिशत० महिलाले परिवार नियोजनका कुनै न कुनै उपाय वा साधन ९परम्परागत वा आधुनिक विधि० प्रयोग गरिरहेको देखिन्छ। कर्णाली प्रदेशमा यो प्रतिशत ३८।९ रहेको छ, जुन राष्ट्रिय दरसँग लगभग समान छ।त्यसैगरी, सोही उमेर समूहका परिवार नियोजनको आवश्यकता भएका २ जनाविवाहित महिलामध्ये करिब १ जना ९५५।२ प्रतिशत० महिलाले आधुनिक परिवार नियोजनका साधन प्रयोग गरी आफनो आवश्यकता पूरा गरेको देखिन्छ। कर्णाली प्रदेशमा पनि यो दर लगभग समान ९५८।७ प्रतिशत० रहेको छ।
सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५(४९ वर्ष उमेर समूहका महिलामध्ये ८५।० प्रतिशत महिलाले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा ४ पटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ भने कर्णाली प्रदेशमा यसप्रकारले जाँच गराउने महिलाको प्रतिशत राष्ट्रियस्तरको तुलनामा बढी ९९१।ढप्रतिशत० रहेको छ।
सर्वेक्षणअगाडि दुई बर्षभित्र जीवित शिशु जन्माएका १५(४९ बर्ष उमेर समूहका महिलामध्ये ९०।५ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसूति गराएका, ९१।४ प्रतिशतले दक्ष प्रसूतिकर्मीको सहयोग लिएका र २५।४ प्रतिशतले सिजेरियन सल्यक्रियामार्फत प्रसूति गराएका छन्। कर्णाली प्रदेशमा यी दरहरु क्रमशः ९१।३ प्रतिशत, ९४।० प्रतिशत र ९।२ प्रतिशत रहेको छ।
बाल स्वास्थ्य, पोषण तथा विकास
५ वर्षमुनिका बालबालिकाको पोषण स्थितिका सन्दर्भमाविश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिका९लिखुरे०१६।९ प्रतिशत र उमेर अनुसार उचाई कम भएका बालबालिका ९पुड्को० २६।२ प्रतिशत रहेका छन्।कर्णालीप्रदेशमा यसप्रकारका बालबालिकाको प्रतिशत क्रमशः २०।० र ३६।६रहेको छ। त्यसैगरी नेपालमा उचाईअनुसार तौल कम भएका बालबालिका ९ख्याउटे० ६।६ प्रतिशत र उचाईअनुसार तौल बढी भएका बालबालिका२।१ प्रतिशतरहेका छन्। कर्णाली प्रदेशमा यो प्रतिशत क्रमशः ५।३ र ३।९ रहेको सर्वेक्षणले देखाएको छ।
उमेरअनुसार तौल कमी भएका बालबालिका९लिखुरे० सबैभन्दा बढी २३।२ प्रतिशत मधेश प्रदेशमा र सबैभन्दा कम ९।६ प्रतिशत बागमती प्रदेशमा देखिन्छ।
सर्वेक्षणअनुसार करिब ३ मध्ये २ जना ९६९।७ प्रतिशत० आमाले आफ्नो शिशुलाई जन्मेको ६ महिनासम्म केवल आमाको दूध खुवाउने गरेको पाइएको छ। प्रदेशगत आधारमा यो प्रतिशत सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ७६।६ प्रतिशत रहेको छ, त्यसपछि मधेश प्रदेशमा ७२।३ प्रतिशत र कर्णाली प्रदेशमा ७१।६ प्रतिशत रहेको देखिन्छ।
नेपालमा १२(२३ महिनाउमेर समूहका ८९।४ प्रतिशत बालबालिकाले जिवनकोपहिलो वर्षभित्रआधारभूत खोप प्राप्त गरेको देखिन्छ।कर्णाली प्रदेशमा यो दर ८१।६प्रतिशत रहेको पाइएको छ।
सर्वेक्षणअघिकादुई हप्तामा ५ वर्षमुनिका७।८ प्रतिशतबालबालिकालाई झाडापखाला लागेको देखिएको छ। तीमध्ये २०।६ प्रतिशत बालबालिकालाईपुनर्जलीय झोल९इच्क्०सँगै जिंक चक्कीा दिइएको पाइएको छ। कर्णाली प्रदेशमा यस प्रकारका बालबालिकाको प्रतिशत क्रमशः ११।१ र २८।२ रहेको छ।
सर्वेक्षण भन्दा २ हप्ताअघिसम्मको अवधिमा श्वा्सप्रश्वास लक्षणभएका ५ वर्षमुनिका बालबालिका नेपालमा २।७ प्रतिशत र कर्णाली प्रदेशमा ४।४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
सर्वेक्षणअनुसार ३६(५९ महिनाका५७।९ प्रतिशत बालबालिका प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने गरेको पाइएको छ भने कर्णाली प्रदेशमा यस्तो प्रतिशत ४८।८ रहेको छ। त्यसैगरी, प्रारम्भिक बाल विकास सूचकांक९भ्ऋम्क्ष् द्दण्घण्०राष्ट्रियस्तरमा६३।३ प्रतिशत तथा कर्णाली प्रदेशमा ५०।९ प्रतिशत रहेको देखिन्छ।
शिक्षा
सर्वेक्षणअनुसार आधारभूत तह कक्षा १(५ का ४।२ प्रतिशत, कक्षा ६(८ का ३।६ प्रतिशत तथा माध्यमिक तह कक्षा ९(१२ का १३।६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको देखिएको छ। कर्णाली प्रदेशमा विद्यालय बाहिर रहेका यस्ता बालबालिकाको प्रतिशत सबै तहमा राष्टिय दर भन्दा न्यून ९क्रमशः ३।ठ प्रतिशत, ३।ण् प्रतिशत र १ण्।छ प्रतिशत० रहेको छ।
आधारभूत तह ९कक्षा १(५० मा प्रवेश गर्ने उमेरका बालबालिकामध्ये कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत नेपालमा ४१।२ रहेको छ भने कर्णाली प्रदेशमा यो दर राष्ट्रिय दरभन्दा बढी९५२।५ प्रतिशत० रहेको सर्वेक्षणले देखाएको छ।
हिंसा तथा शोषणबाट सुरक्षा, बालबालिकाकोटुहुरोपन र बसोवास अवस्था
नेपालमा५ वर्षमुनिका ८५।४ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छ। प्रदेशगत आधारमाहेर्दाजन्मदर्ताको दर सबैभन्दा उच्च कर्णाली प्रदेशमा ९९५।८ प्रतिशत० र सबैभन्दा न्युन कोशी प्रदेशमा ९७८।४ प्रतिशत० रहेको देखिन्छ।
यसैगरी, नेपालमा ५ बर्षमुनिका ८२।९ प्रतिशत बालबालिकाका आमा वा स्याहारसुसार गर्ने ब्यक्तिले जन्मदर्ता गर्ने प्रक्रिया थाहा भएको बताएका छन्।
बाल(श्रममा संलग्ना भएका ५(१७ वर्ष उमेर समूहका बालबालिकाको प्रतिशत नेपालमा १२।१ र कर्णालीप्रदेशमा २४।१ रहेको यो सर्वेक्षणले देखाएको छ।
२०(२४ वर्ष उमेर समूहका महिलामध्ये १५ वर्ष उमेर पूरा हुनुअघि विवाह गर्नेको प्रतिशत नेपालमा ५।१ र कर्णाली प्रदेशमा९।९ रहेको छ जुन प्रदेशगत आधारमा सबैभन्दा उच्च हो। यो दर सबैभन्दा न्यून लुम्बिनी प्रदेशमा ९३।४ प्रतिशत० रहेको छ। यसैगरी, १८ वर्ष उमेर पूरा हुनुअघि विवाह गर्ने यसै उमेर समूहका महिलाको प्रतिशत राष्ट्रिय स्तरमा २७।६ छ। १८ वर्ष उमेर पूरा हुनुअघि विवाह गर्ने यसै उमेर समूहका महिलाको प्रतिशत सबैभन्दा उच्च कर्णाली प्रदेशमा ९४१।० प्रतिशत० र न्यून बागमती प्रदेशमा ९२०।९ प्रतिशत० रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा १५(४९ वर्ष उमेर समूहका७५।८ प्रतिशत व्यक्तिले राति आफ्नो छिमेकमा एक्लै हिँड्दा सुरक्षित महसुस गर्ने बताएका छन् भने कर्णालीप्रदेशमा यस्तो प्रतिशत ७५।३ रहेको पाइएको छ। यस सन्दर्भमा सबैभन्दा सुरक्षित प्रदेशमा मधेश ९६५।८ प्रतिशत० रहेको सर्वेक्षणको नतिजाले औंल्याएको छ।
०(१७ वर्ष उमेर समूहका बालबालिकामध्ये३।४ प्रतिशत बालबालिकाकोजन्म दिने आमाबाबु ९एक वा दुबै० को मृत्यु भएको यो सर्वेक्षणले देखाएको छ। प्रदेशगत आधारमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी ९५।३ प्रतिशत० सुदूरपश्चि मरसबैभन्दा कम ९२।१ प्रतिशत० मधेश प्रदेशमा देखिएको छ। कर्णाली प्रदेशमा यस्ता बालबालिकाको प्रतिशत ३।९ रहेको नतिजाले देखाएको छ।
०(१७ वर्ष उमेर समूहका बालबालिकामध्ये३३।२ प्रतिशत बालबालिकाको जन्म दिने आमाबाबु ९एक वा दुबै० विदेशमाबसोबास गरिरहेको प्राप्त नतिजाले औंल्याएको छ। प्रदेशगत आधारमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी ९४०।८ प्रतिशत० गण्डकी प्रदेशमा र सबैभन्दा कम ९२१।०प्रतिशत० बागमती प्रदेशमा देखिएको छ।कर्णाली प्रदेशमा यस्ता बालबालिकाको प्रतिशत ३०।३ रहेको पाइएको छ।
मानसिक स्वास्थ्य
सर्वेक्षण अघिको २ हप्तामा डिप्रेसन वा चिन्ताका लक्षण अनुभव भएका १५(२४ वर्ष उमेर समूहका किशोरकिशोरी नेपालमा ९।३ र कर्णाली प्रदेशमा ११।५ प्रतिशत रहेको विवरण प्राप्त भएको छ।
नेपालमा १५(२४ वर्ष उमेर समूहका १।८ प्रतिशत किशोरकिशोरीले सर्वेक्षण अघिको २ हप्तामा आत्महत्याको सोच आएको बताएका छन् भने कर्णाली प्रदेशमा यस्तो प्रतिशत १।१ रहेको छ। यसैगरी, सर्वेक्षण अघिको १२ महिनामा आत्महत्याको प्रयास गरेका१५(२४ वर्ष उमेर समूहका किशोरकिशोरीको प्रतिशत नेपालमा २।५ र कर्णाली प्रदेशमा १।८ रहेको छ।
खानेपानी तथा सरसफाइ
यो सर्वेक्षणले नेपालका कूल घरपरिवारका सदस्यमध्ये ९८।२ प्रतिशत घरपरिवारका सदस्यले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गर्ने गरेको देखाएको छ भने कर्णाली प्रदेशमा यस्ता घरपरिवारका सदस्यको प्रतिशत ९३।९रहेको छ। पानीको गुणस्तर परीक्षण गर्दा,६१।२ प्रतिशत घरपरिवार सदस्यले पिउने पानीमा भ्(अयष्किो जीवाणु(श्र.ज्ञआगरज्ञण्ण्m)िपाइएको छ।कर्णाली प्रदेशका सन्दर्भमा ७४।३ प्रतिशत घरपरिवार सदस्यले पिउने पानीमा भ्(अयष्किो जीवाणु पाइएको प्राप्त नतिजाले देखाएको छ।
नेपालकाकूल घरपारिवारका सदस्यमध्ये९२।ड प्रतिशतलेसुधारिएकोचर्पी प्रयोग गर्ने गरेको पाइएको छ। तीमध्ये ७९।९ प्रतिशतले सुधारिएकोचर्पीएकल रुपमा आफ्नै घरपरिवारले मात्र प्रयोग गरेको देखिन्छ। कर्णालीप्रदेशमा यस्तो प्रतिशत क्रमशः ९३।४ र ७६।८ रहेको पाइएको छ।
सर्वेक्षणका क्रममा ८६।४ प्रतिशत घरपरिवारका सदस्यको घरमा हात धुने निर्दिष्ट स्थानमा पानी तथा साबुन वा अन्य सफाइ सामाग्री उपलब्ध रहेको पाइएको छ। कर्णाली प्रदेशमा यस्तो सुबिधा भएका घरपरिवारका सदस्यको प्रतिशत ८१।८ रहेको छ जुन राष्ट्रियस्तर भन्दा राम्रो रहेको पाइएको छ।
स्वास्थ्य बीमा
सर्वेक्षणअनुसार १५(४९ वर्ष उमेर समूहका१७।८ प्रतिशत महिलार१९।६ प्रतिशत पुरुषस्वास्थ्य बीमामा आबद्ध रहेको देखिएको छ। कर्णाली प्रदेशमा सोही उमेर समूहमा स्वास्थ्य बीमा गर्ने महिला र पुरुषको प्रतिशत क्रमशः १३।१ र १६।४ रहेको छ। यसैगरी, ५(१७ वर्ष उमेर समूहका १५।० प्रतिशत तथा ५ वर्षमुनिका ११।७ प्रतिशत बालबालिकाको स्वास्थ्य बीमा गरेको पाइएको छ। कर्णाली प्रदेशमा यी उमेर समूहका बालबालिकामध्ये क्रमशः १२।६ प्रतिशत र ८।५ प्रतिशतस्वास्थ्य बीमामा आबद्ध रहेका छन्।





