OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,जेठ २३, २०८१जुम्ला,
१३१ पटक

जेठ १९ गते । जुम्लामा यूवाहरुको भेलाले १५ वुद्धे घोषणा पत्र जारी गरिएको छ । जुम्लाका स्थानीय तहको उपस्थितिमा ५० जना यूवाहरुको भेलाले ३ दिन सम्म क्षमता विकास तथा विभिन्न नितिगत वहशमा छलफल गरिएको छ ।

भेलामा वर्तमान अवस्थामा यूवा, राज्य सरोकारवाला निकायको भूमिकामा वहश थालिएको हो । सामाजिक विकास कार्यालय, साझेदार निकाय प्लान नेपाल, पेश नेपाल, क्याड नेपालको आयोजनामा जिल्लामा आयोजना गरिएको ३ दिने भेला कार्यक्रममा यूवा भेला आयोजना गरिएको हो ।

भेलाले जुम्ला जिल्लामा यूवाको नितिगत सवाल, क्षमता वृद्धि, सहभागिता सहितका विभिन्न सवालमा १५ वुद्धे घोषणापत्र जारी गरिएको छ । भेलामा सहभागी जुम्ला जिल्लाभरका ५० बढि यूवाको सहभागितामा तयार पारिएको जुम्ला घोषणापत्रमा तिन तहका सरकारले गर्नुपर्ने नितिगत व्यवस्थाको बिषयमा उल्लेख गरिएको छ । किश्वरी विमुपरियारले यूवाहरुले तयार पारेको घोषणापत्र पढेर सुनाउनुका साथै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य सहित स्थानीय सरकारलाई घोषणपत्र वुझाईएको छ ।

घोषणापत्रमा, शिप विकास र रोजगारीमा यूवा शशक्तिकरण, युवा तथा खेलमैत्री वातावरण तयार गरिनुपर्ने, कृषिमा यूवा परिचालन तथा शशक्तिकरण, नैतिक जीवनका शैक्षिक पाठ्यक्रम र जीवनउपयोगी शिपमा जोड, एक गाउँ एक यूवा उद्यम निति स्थानीय सरकारले गर्नु पर्ने बिषयमा जोड दिईएको छ । हरेक क्षेत्रमा यूवा सहभागिताको सुनिश्तता गराई बजेट विनियोजन गर्दा भौगोलिक विकटताका आवश्यकताका आधारमा गरिनुपर्ने, लैगिक, अपांगतामैत्री शौचालयको व्यवस्था, महिनावारी हुदा आराम कक्ष वनाईनुपर्ने । यूवाले उच्च शिक्षा प्रदान गरेपछि कम्तिमा ३ महिना स्वयंसेवाको व्यवस्था गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यूवाहरुले जारी गरेको जुम्ला घोषणा पत्रमा सुचना प्रविधिमा यूवाको सहभागिता सामाजिक सञ्जालको सुरक्षित, उपयोग प्रर्वधन गर्न अभियान सञ्चालन गर्दै सुरक्षित र उपयोग अभियान तथा सुशासनको अभियान संचालन गरिनेमा जोड दिनुभयो । यसैगरी जलवायू परिवर्तन र प्रदर्शन सम्वन्धी वकालत सहित वातावरण संरक्षण तथा प्रयासहरुमा यूवाहरुको सहभागिता बढाउने बिषयमा जोड दिनुपर्ने, प्रत्यक स्थानीय तहले यूवा क्लव तथा सञ्जाल गठन तथा क्षमता विकासमा जोड दिईनुपर्ने, अपांगता भएका यूवाहरुलाई सहायता सामग्री सहयोग गरिनुपर्ने सहितका बिषयमा जोड दिईएको छ । भेलामा विभिन्न क्षेत्रका व्यक्तिहरुबाट सफलताका कथा तथा यूवाका सवालमा सहजीकरण गरिएको छ । भेलाको अन्तिम शेषनमा भने केही सक्षम यूवाहरु सँगको समुहगत वहश गरिएको थियो ।

गुठिचौर गाउँपालिका अध्यक्ष यूवा राजनिज्ञ, उद्यमी नारायणी चौलागाई र यूवा कृषक गोपाल बहादुर रोकाया सँग यूवाका सवाल, संघर्षका कथा तथा नितिगत सुनिश्चतताका बिषयमा जोड दिईने छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गर्नु भएको सहजीकरणमा स्थानीय तहमा नितिगत रुपमा यूवाका सवाल सुनिश्चत, अभ्यास, चुनौति र सफल यूवाका लागि डोरेटोको बिषयमा सहजीरकण गरिएको छ । वहशमा आगामी बजेटमा यूवा स्वरोजगारी हुने बिषयको निति र बजेटमा प्रथामिकता दिईनुपर्नेमा सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले यूवाको सहभागिताका लागि स्थानीय सरकारले नितिगत रुपमा सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यूवाका सवामा तिनै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले कनकासुन्दरीमा यूवाहरुले प्रेरणादायी कामका लागि प्रस्तावना पेश गरेर काम गर्न अवसर दिनेमा जोड दिनुभयो । पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह वोहराले यूवाभेलाले उठान गरेका विषयमा गाउँपालिकाले प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले वैज्ञानिकले संसारमा सवैभन्दा महत्वपूर्ण ज्ञान र शिप भएको व्यक्ति ठूलो भएको बताउदै यूवाहरुले आफुलाई कसरी ज्ञानी र शिपमुलक बिषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

सिञ्जा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाले राम्रो काम गर्न ईच्छुक यूवा लक्षित कार्यक्रममा प्रथामिकता दिईनुपर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँका अनुसार लक्षित बर्गको कार्यक्रममा प्रथामिकता दिन अवका निति कार्यक्रम बजेट लक्षित हुनेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय जुम्लामा कार्यालय प्रमुख तुलाराज चौलागाईले यूवानै परिवर्तनको वाहक भएकाले अहिलेको यूवाले कस्ता विषयमा वहश गर्ने, के गर्ने भन्ने बिषयमा सचेत भएर काम गर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । प्लान ईन्टरनेश्नल नेपालका बरिष्ठ सल्लाहकार रक्षा पौडेलले भेला निकै राम्रो भएको र यो कार्यक्रममा सहभागिता जनाउने, सहयोग गर्ने सवैलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभयो । आयोजक पेश नेपालका कार्यकारी निर्देशक किश्वर न्यौपानेले कार्यक्रममा महत्वपूर्ण सहभागिता जनाउने सवैलाई धन्यवाद दिदै यूवाको भेलाले जारी गरेको घोषणापत्र अनुसार आगामी बर्षमा बजेट, निति कार्यक्रममा प्रथामिकता दिन अनुरोध गर्नुभयो । भेलामा स्थानीय तहबाट सहभागिता जनाएका १८ बर्ष माथीका ५२ जना यूवाहरु र सरोकारवाला गरि ६८ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्