OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २, २०७७
११७४ पटक

सुमित्रा शाही जुम्ला,

वैशाख २ गते । लगातारको लकडाउने जुम्लाको मुख्य बजार सहित सडकहरु सुनसान देखिएका छन् । जुम्ला बजारका बिभिन्न सडकहरु विहान ९ देखी ४ बजे सम्म सुनसान हुने गरेका छन् । यसैगरी बन्दको क्रममा केही सहजताका लागि भने बिहान ७ बजे देखी ९ बजे र बेलुकी ४ः०० बजे देखी ६ः०० बजे सम्म खुला गरिएकाले तरकारी किन्ने देखि विभिन्न व्यक्तिहरु देखिने गर्दछन् । लकडाउनले अस्पतालमा पनि बिरामी घटेका छन् ।

सिमा सिल गरिनुपर्छ :

यसैगरी स्थानीय र सरोकारवाला निकायहरु अझै लकडाउन व्यवस्थित गर्नुपर्ने भन्ने बिषयमा जोड दिएका छन् । सरकारले वैशाख ३ सम्मको लकडाउलाई नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार लकडाउन अहिलेकै अवस्थामा राखेर अघि बढ्दा ठिक हुने जानकारी दिनुभयो । उहाँका अनुसार बाहिरबाट आउने नाकामा अझै कडा गर्नुपर्छ । बाहिर क्वारेन्टाईनमा बसेकालाई पनि यहाँ के गर्ने चाडै जिल्लाले निर्णय गर्नुपर्छ । स्थानीय तथा जिल्ला ईन्सेक प्रतिनिधी मानदत्त रावलका अनुसार अझै कडा गर्नुपर्छ ।

यता लकडाउनको अवधि अझै बढाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले समेत जोड दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलका अनुसार लकडाउन निरन्तरता दिनु पर्छ । जिल्लाका तीनसय २४ जनाको नतिजा नेगेटिभ आएको छ । यसैले जिल्ला बाहिरका नाका पुरै सिल गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्