OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०७८जुम्ला,
४६९ पटक

जुम्ला चैत २१ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एक बर्षमा गरेका काम सार्वजनिक गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपतिका रुपमा डा.मंगल रावलले एक वर्षमा भएका गतिविधिहरुको सार्वजनिक गर्नुभएको हो ।

प्रतिष्ठानका उपकुलपति रावलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा एक बर्षमा जुम्लामा विशषज्ञ डाक्टर उत्पादनदेखि शैक्षिक प्रशासनिक भौतिक पूर्वाधार निर्माणले फड्को मारेको बताएको छ ।
पत्रकार भेटघाट गरेर मार्फत उपकुलपतिको रुपमा डाक्टर रावलले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामै एमविविएस,विएनएस,बि।फारर्मा लगायतका शैक्षिक कार्यक्रमको शुरुवात देखि पूर्वाधार निर्माणले गति लिएकोमा सफलता भएको जनाएको छ ।

उपकुलपतिको एकवर्षे प्रगति विरणमा प्रस्तुत गर्दै रजिष्टार नृपेन्द्र महतले प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानले पछिल्लो एक वर्षमा महत्वपुर्ण शैक्षिक कार्यक्रम सञ्चालन, अनुसन्धान निरन्तरता,सेवा प्रवाह जोड शुसासन,र भौतिक सरंचना निर्माणले गति लिएको प्रतिष्ठानका उपकुलपतिको एक बर्षको कार्यमा शिक्षातर्फ तर्फ एमविविएस,विएनएस,बि फार्मा लगायतका कार्यक्रम शुरु भएका उल्लेख छ ।

एमविविएसको राष्ट्पति विद्यादेवी भण्डारीद्धारा शुभारम्भ गरिएको थियो । एममडी, एमएस, एमविविएस, विएनएस, विएमएस, विपिएच लगायतका कार्यक्रम संचालनका लागि प्राज्ञिक ज्ञान आदानप्रदान गर्न देशका झण्डै एक दर्जन अस्पताल गर्न सम्झौता गरिएको छ । गरेको जनाएको छ । एमडिजीपि,एमडी कार्यक्रमको निरन्तरता र हाडजोर्नी विषयमा स्नातकोत्तर तहको पढाइ शुरु भएको छ ।

त्यस्तै अनुसन्धान तर्फ २० वटा विभिन्न विषयमा अनुसन्धान भईरहेका छन् । सेवा तर्फ छालारोग,आँखा रोग,नाक कान,घाँटीरोग,बाल दन्तरोग,विशषज्ञ सेवा शुरु भएको छ । नाक काँन घाटीको शल्यक्रिय,हिस्टो प्याथोलोजी,पाठेघरको मुखको पूर्व क्यान्सरको उपचार शुरुवात भएको छ । यसैगरी २५ बेडको एचडियूसेवा ५० बेडमा स्तरबृद्धि,६ बेडको सघन उपचार, १८ बेडको भेन्टीलेटर, र अस्पताललाई पुर्ण डिजिटलाइसेशन गर्न इलेक्ट्रोनिक मेडिकल रेर्कड प्रणाली जडान भएको छ ।

कोभिडमा उत्कृष्ट काम :
कोभिड महामारीमा देशकै उत्कृष्ट सेवा प्रवाह प्रतिष्ठानले गरेको विवरणमा उल्लेख छ । कर्णालीका दुर्गम जिल्ला हुम्लामा एमडिजिपी विशषज्ञ डाक्टरबाट सेवा प्रवाह भईरहेको छ । कोभिडको समयमा अस्पताल क्षेत्रमा मात्रै नभई कर्णाली भरी मार्चपास गरेर कोभिड विरुद्ध सचेतना तथा उपचारमा प्रतिष्ठानको स्वास्थ्यकर्मीको टिम जुटेको थियो ।

यस्तै औषधी आपुर्ति,सेवा प्रवाह संचार सहकार्य,दुर्गम जिल्लामा सेवा प्रवाह देखि प्रतिष्ठानको मेडिकल कलेज छात्राबास,शैक्षिक प्रशासनिक भवन, तत्काल निर्माण गर्न जुटिरहेको उहाँको भनाई छ ।
कर्णाली प्रतिष्ठान स्थापना भएको १० वर्षको अवधिमा हाल सम्म विभिन्न ९ वटा विशषज्ञ स्तरका शैक्षिक कार्यक्रम संचालन भईरहेका अहिले शैक्षिक तथा प्रशासनका ६ वटा भवन भाडाकै घरमा सञ्चालित छन् । पूर्वाधार अभावले प्रतिष्ठानको सेवा प्रवाह,अध्यायन,अनुसन्धानमा पारेको प्रभावलाई मध्यनजर गरी उपकुलपति डा.मंगल रावल, रजिष्टार नृपेन्द्र महत आइसकेपछि प्रतिष्ठानले पूर्वाधार निर्माणलाई अघि बढाएको छ । जस अन्तरर्गत गएको फागुन २६ गते राष्ट्पति विद्यादेवी भण्डारीले ७६ करोड लागतको शैक्षिक प्रशासनिक भवन निर्माणका शिलान्यास गरेकी यस्तै करिब २ दर्जन बढी शैक्षिक प्रशासनिक तथा आवासका लागि भौतिक संरचना निर्माण शुरु गरिएको छ । जुम्लालाई मेडिकल हबका रुपमा विकास गर्न च्यारे चौरमा २३ वटा भवन निर्माण प्रक्रिया थालिएको हो ।

 

प्रतिकृया दिनुहोस्