

२०७८ मंशिर ४ गते, नेपाली कांंग्रेस जुम्लाकाे महाधिवेशन प्रतिनिधिमा रामकृष्ण न्याैपाने निर्विराेध निर्वाचित भएका छन् । जुम्ला ताताेपानी लिताकाेटका न्याैपाने निर्विराेध निर्वाचित हुनुभएकाे जिल्ला निर्वाचित अधिकृत हसिना प्रधानले जानकारी दिनुभयाे । उहाँका अनुसार न्याैपाने मनाेनयन दर्तामा अल्पसंख्यक अपांगता काेटाबाट एकल उम्मेदवारी दिनुभएकाे थियाे । यसैगरि अन्य ३ जना जिल्ला कार्यसमितमा पनि निर्विराेध निर्वाचित भएका छन् । प्रधानका अनुसार ताताेपानीका दुर्गा प्रसाद पाण्डे, कनकासुन्दरिका प्रकाश खत्री र चन्दननाथका लग्नमाया श्रेष्ठ सदस्य पदमा निर्वाचित हुनु भएकाे छ । सहायक मतदान अधिकृत दुर्ग बस्नेतका अनुसार उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने तयारी भईरहेकाेछ । महाधिवेशन प्रतिनिधि न्याैपानेले रामचन्द्र पाैडेलबाट उम्मेदवारी दिएकाे जानकारी दिनुभयाे ।