कोरपाटी संवाददातापौष २२, २०७७धनगढी
३६९ पटक
२२ पुस २०७७, बुधबार
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्री बोहोराले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा दिनुभएको हो ।
उहाँले वर्तमान राजनीतिक परिस्थितिले मन्त्रीमा रहेर काम गर्ने वातावरण नभएपछि आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । उहाँ हाल ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य हुनुहुन्छ । केही दिनअघि ओली समूहमा रहेका भौतिक पूर्वाधार मन्त्री पठानसिं बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्नुभएको थियो ।
५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।