OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगर,कार्तिक १२, २०८१सिंजा
१६४ पटक

कार्तिक १२ गते, आर्थिक बर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण प्रा.लीे.को सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण डटकमको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ को सार्वजनिक सुनुवाईमा आफ्नो प्रगति सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा आ.व. २०८०।०८१ मा निर्माण निर्माणका १०१ का ९३ वटा योजना सम्पन्न भएका छन् । प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बार्षिक अनुमानित आय रु ३७ करोड १८ लाख ९२ हजार ६ सय ८८ रुपैया भएको मध्य कुल खर्च रु ३३ करोड ८७ लाख ९३ हजार ४३ रुपैया रहेको छ ।

गाउँपालिकाले गाउँपालिकाको भवन सहित वडा नम्बर ३ र ४ को भवन निर्माण भएको छ । सिंजा संग्राहलय संचालन तथा व्यवस्थापन, नेपाल सरकारको बिशेष पुजीगत अनुदानबाट सिंजा गा.पा. १,३,५ र ६ को बृहत बृहत खानेपानी आयोजना निर्माण भईरहेको छ । गाउँपालिकाले खस सस्कृतिको जगेर्ना गर्नका लागि केदारनाथ मेलाको बृहत प्रचार प्रसार व्यवस्थापन, राजमार्ग देखी आचार्य लिही जोड्ने बाटोको स्तरबृद्धि गरेको छ । गाउँपालिकाले सिंजामा राष्ट्यि बाणिज्य वैंकको पहल गरेको, नापि र मालपोत सेवाका लागि निरन्तर पहल गरिरहेको जानकारी गरेको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको प्रतिवेदन माथी नागरिक र सरोकारवाला निकायले सुझाव दिएका छन् । स्थानीय नन्दराज खत्रीले मालपोत र नापी सहितका शाखा कार्यालय सिंजामा किन ढिलाई भईहरको छ, जसका कारण नागरिकहरु सदरमुकाम जान वाध्य भएका गुनासो गर्नुभयो । पत्रकार उमेश वुढाले सूचना प्रचार प्रसारमा किन प्रथामिकता नदिईएको सुझाव दिनुभयो । सिंजा १ डिग्रा निकासी विर्खबहादुर रोकायाले खानेपानी योजनामा रकम फ्रिज जान कसको कमजोरी हुने । यसैगरी सार्वजनिक सुनुवाईमा विभिन्न राजनैतिक दल र सरोकारवाला निकायले सुझाव राखेका थिए ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवाले गाउँपालिकाले स्थानीय स्तरमा सवै जनप्रतिनिधि मिलेर काम गरिरहेको बताउनुयो तर सार्वजनिक सुनुवाईमा राखिएका सुझावहरुको आधारमा आगामी दिनमा थप राम्रो गर्न शुभकामना दिनुभयो । राप्रपाका केन्द्रीय सदस्य भिमबहादुर शाहीले विकासमा राजनिति नगर्न सुझाव दिदै अहिले पनि चुनावी रिस र लगाई नगर्न सुझाव दिनुभयो । नेपाली काग्रेसका नेता तथा गाउँपालिका प्रत्यासी नन्दराम बुढाले स्थानीय सरकारले घोषणा गरेको चुनावी नारा अनुसारको काम गर्न नसकेको भन्दै सच्याउन अनुरोध गर्नुभयो । नेकपा एमालेका जिल्ला कमिटि सदस्य सुमन आचार्यले स्थानीय सरकारले सवैलाई समानरुपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत धनराज शाहीले गाउँपालिकाले सुशासनका विषयमा प्रथामिकता दिनुपर्ने वताउदै राम्रा कामको शुभकामना दिनुभयो । उहाँले मानव अधिकारको दृष्टिकोणबाट विकासलाई प्रथामिकता दिन सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सूचनाको क्षेत्रमा प्रथामिकता दिन सुझाव दिनुभयो । उहाँले स्थानीय संचार माध्यामलाई जोगाउने संचार निति ल्याई बजेटको सुनिश्चितता गर्न सुझाव दिनुभयो ।

सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले आएका जिज्ञासा मेटाउनु भएको थियो । उहाँले गाउँपालिकाको विकासमा राजनैतिकदलको उत्तिकै आवश्यकता भएकाले सो विषयमा समन्वय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाका आगामी कार्यक्रममा आएको सुझावलाई प्रथामिकता दिईने बताउनुभयो ।

क्याप्सन ः सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाई तस्बिर अमृत बुढाथोकीमगर ।

प्रतिकृया दिनुहोस्