OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन ३०, २०८१जुम्ला ।
२९ पटक

असोज ३० गते । कर्णाली प्रदेश प्रहरीबाट जुम्लाका प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामति पुरस्कृत हुनु भएको छ ।
६९ औ प्रहरी दिवसको अवसरमा जुम्लाका प्रहरी प्रमुख क्षेदिलाल कामति पुरस्कृत हुनुभएको हो । प्रदेश प्रहरीले गरेको निर्णय अनुसार प्रहरी नायव उपरीक्षक मध्यबाट क्षेदिलाल कामति सहित ५ जना कर्मचारी पुरस्कृत भएका हुन् ।

कामतिलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको प्रहरी दिवसको अवसरमा जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरी नायव उपरीक्षक कामतिलाई पुरस्कृत गर्नु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० जिल्लामा उत्कृष्ट काम गर्ने विभिन्न तहका प्रहरी मध्यबाट जुम्लाका प्रहरी नायव उपरीक्षक कामति पुरस्कृत हुनु भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईका अनुसार पुरस्कृत हुने ५ जना मध्य ४ जनाको नगद पुरस्कार भौतिक रुपमा र जुम्लाका प्रहरी नायव उपरीक्षक कामतिको पुरस्कार जिल्ला पठाईएको थियो । उहाँले नगद पुरस्कृत हुने कर्मचारीले उत्कृष्ट काम गरेको बताउनुभयो । प्रदेश प्रहरीले पुरस्कृत हुने कर्मचारीले जिम्मेवाली प्रति ईमान्दार, लगनशिल एवं कर्तब्यनिष्ठ रही उल्लेखनीय कार्य गरेको भन्दै नगद सहित पुरस्कृत गरिएको छ ।

यसैगरी जुम्लामा पनि विभिन्न कार्यक्रम गरि ६९ औ प्रहरी दिवस मनाईएको छ । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरीले जहिले पनि नागरिकको पक्षमा काम गर्ने भएकाले राम्रो काममा सवैले सघाउनुपर्ने बताउनुभयो । उहाँले वि.सं २०१२ सालमा प्रहरी ऐन अनुसार स्थापना भएको विधिगत संगठन भएको र यसको आशा, भरोसा धेरै भएको जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले प्रहरीलाई विभिन्न कोणबाट सहयोग गर्ने सवै निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रहरी दिवसको अवसरमा सवैलाई शुभकामना समेत दिनुभयो । दिवसको अवसरमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले दिनु भएको शुभकामना मन्तब्य प्रस्तुत गरिएको थियो । दिवसको अवसरमा पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष पूर्व प्रहरी निरीक्षक वलबहादुर महतले अहिले प्रहरी स्रोत साधनले भरिपूर्ण भएको देख्न पाउदा खुशी लागेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, जुम्ला र प्रदेश विपत प्रहरीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला प्रहरी माताहतका प्रहरी चौकी सहित विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट काम गर्ने २१ जना प्रहरी र कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी गणपति धिरज थापा, शशस्त्र प्रहरीका गणपति लालबहादुर शाही, प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले सम्मान पत्र वितरण गर्नुभएको थियो । दिवसमा प्रहरीलाई सहयोग गर्ने नेपाल पत्रकार महासंघ जुम्ला सहित विभिन्न निकायलाई सम्मान समेत गरिएको थियो ।

क्याप्सन ः ६९ औ प्रहरी दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरीले गरेको पुरस्कार प्रजिअबाट ग्रहण गर्दै ः तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्