जुम्ला, भदौ १५ गते ।
जुम्लाको पातारासी गाउँपालिकाको –५ वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यविधि–२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्य ८८ प्रतिशत पूरा गरेको भन्दै उक्त वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । पातारासीको ५ वडालाई शुक्रबार ओैपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नुभयो ।
पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले नेपालको संविधान २०७२ को धारा ३९, वालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति २०६८, वालमैत्री स्थानीय शासन २०७८, वालमैत्री स्थानीय शासन निर्देशिका २०७८, कार्यविधि २०७९ ले निर्दिष्ट गरेका गरेका सुचक पुरा भएपछि वालमैत्री स्थानीय शासन घोषणा भएको जानकारी दिनुभयो । उहाँले ५१ सूचकमध्य ८८ प्रतिशत प्रगती हासिल गरेपछि पालिकाले विभिन्न गतिविधि गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बालवािलकाको अधिकार कानूनी, सामाजिक, र नैतिक अधिकारहरूलाई कार्यान्वयन गर्न तर्फ लागेको बताउदै बालवालिकाको सुरक्षामा, स्वास्थ्यमा, शिक्षा र समग्र विकासमा मद्दत गर्ने उद्देश्यले वडा घोषणा गरेको बताए । उनका अनुसार हरेका बालबालिकाले स्वस्थ जीवन बिताउने र शारीरिक, मानसिक, र सामाजिक विकासको अवसर आउने उनीहरुको अधिकार हो । बालबालिकालाई कुनै पनि प्रकारको शोषण,बलात्कार, वा हिंसाबाट सुरक्षित रहने राख्नु अहिलेको चुनौती देखिएको छ । उनले भनिन,’पातारासीले बाल बचाउ,बाल संक्षरण वडा नम्बर ५ जिल्लाको दोस्रो वडा वालमैत्री स्थानीय शासन वडा घोषणा भएको छ ।
वडापािलका वालमैत्री स्थानीय शासन घोषणा गर्दै जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले जिल्ला समन्वय समिति वालमैत्री स्थानीय शासनका लागि पातारासी गाउँपालिका वडा नम्बर ५ र सामाजिक संस्थाहरुले गरेको मिहिनेतको कदर गदै धन्यवाद ज्ञापन गनुभयो । घोषणा कार्यक्रममा पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले पातारासी गाउँपालिको पहिलो वडाका रुपमा– वडा नम्बर ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पातारासीको स्थानीय सरकार बालबालिकाको विकास तर्फ लागी परेकाले यस अभियानमा सहयोग गर्न सवैको साथ रहेकोमा जोड दिनुभयो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पातारासीले बालबालिकासँग सम्बन्धित सकारात्मक कार्यक्रम, वा योजनाहरूलाई प्रथामिकता दिएको बताउनुभयो । उपाध्यक्ष रोकाया अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, र समग्र विकासमा ध्यान केन्द्रित पालिका लागी परेको बताउनु भयो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बालबालिकाको क्षेत्रमा लगानी गर्न आबश्यक रहेको बताउदै राज्यले नै बालवालिकाका हकअधिकारलाई बिशेष रुपमा रहेरेको छ । प्रजिअ घिमिरेले घरमा आमा र वुवाको झगडाका कारण वालवालिकालाई शान्ति नहुने कैयौ घटनाहरु भएकाले वालवालिकाका बिषयमा जोड दिन अपिल गर्नुभयो । यस अघि सो वडा जुम्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको थियो । वालमैत्री वडा घाेषणााका लागि भने साझेदार संस्थाहरू वर्ल्डभिजन र किडार्क नेपालले गरेका छन् ।