OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १०, २०७७
५१२ पटक

१० साउन २०७७, शनिबार

नेपाल सरकारले लकडाउन खुला गरेपनि मुलुकभर कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कर्णालीमा प्रदेश शनिबार मात्र २७ जना कोरोना संक्रमित थपिएका छन् । यो क्रम रोकिएको छैन ।

२७ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार ८५१ पुगेको छ । संक्रमितहरु थपिँदै जाँदा कोरोना जितेर घर फर्कने क्रम पनि बढिरहेको छ । शनिबार २७ जना कोरोना संक्रमित बढ्दा त्यसको दोब्बर ५४ जना निको भएर घर पनि फर्केका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्ष रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको आरटी पिसिआर परीक्षणमा सुर्खेतमा ११, दैलेखमा दुई, अछाममा दुई, मुगुमा दुई, कालीकोटमा तीन, हुम्लामा एक र जाजरकोटमा छ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमखु डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरी, कर्णाली प्रदेश अस्पतालबाट तीन, सुर्खेत सिम्ता आइसोलेसन सेन्टरबाट ३०, पञ्चपुरी आइसोलेसन सेन्टरबाट ११ र गुर्भाकोट आइसोलेसन सेन्टरबाट तीन, सल्यान अस्पताल सल्यानबाट छ, कालीकोट जिल्ला अस्पतालबाट एकजना गरी ३१ पुरुष २३ महिला संक्रमितहरुले कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो ।

यसरी ५४ जना निको भएसँगै कर्णालीका कोरोनाबाट सञ्चो भएर घर फर्कनेको संख्या एक हजार ६३९ पुगेको छ । लकडाउन खोले यता विद्युत, मालपोत, यातायात व्यवस्था कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा मान्छेहरुको भीड बढ्न थालेपछि यो संक्रमण फैलन सक्ने भन्दै ले उच्च सावधानी अपनाउन मन्त्रालकायको स्वास्थ्य महाशाखाले कर्णालीबासीलाई अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्